दोलखामा तस्करीको राज, स्थानीय तह र प्रशासनलाई प्रभावमा पारेर गरिन्छ नदिजन्य पदार्थको दोहन (भिडियो सहित)

दोलखा– सुरज बस्नेत । पैसा र शक्तिको आडमा जे पनि गर्न छुट छ भन्ने उदाहरण हो, दोलखामा भैरहेको नदीजन्य पदार्थको दोहन् ।
प्रदेश सरकारले आफ्नो क्षेत्रभित्र पर्ने खोलानाला, नदी, वन क्षेत्रभित्रको प्राकृतिक स्रोत परिचालनबारेको सम्भावित अध्यायन प्रतिवेदन स्थानीय तहबाट प्राप्त गरेपछि स्थानीय तहलाई उत्खनन तथा गिटीबालुवाको दोहन रोक्न साउन १० गते लिखित निर्देशन दिएको थियो । तर अर्को सूचना नआएसम्मम प्रत्येक तहको कुनै पनि क्षेत्रभित्र उत्खनन वा गिटीबालुवा निकाल्ने कार्य नगर्न भन्दै क्रसर उद्योगलाई संघीय मामिला मन्त्रालयले पठाएको पत्र कार्यान्वयन भएको छैन ।
बरु स्थानीय तह र प्रहरीसँगको साँठगाँठमा रातको ११ बजेदेखी विहान पाँच बजेसम्म गिटीबालुवाको तस्करी भैरहेको छ । जिल्लाको तमकोशि खोला मात्रै होइन, चरङे खोला, गोपि खोला,ढोली खोला, नागदह, तोरि खेत लगायतका ठाँउबाट मध्यरातमा स्काभेटर र लोडर प्रयोग गरी खोलाको बालुवा चोरी भैरहँदा जिल्ला प्रशसन तथा स्थानीय सरकार थाहा नपाए जसरी बसिरहेका छन् ।
कर छलि गरेर रातको समयमा नदीजन्य पदार्थको दोहन गर्ने अनि खुलेआम तस्करी गर्नेहरुलाई कहिलेसम्म उन्मुक्ति ? स्थानीय आफूले मत दिएर पठाएका जनप्रतिनिधिलाई प्रश्न गरिरहेका छन् । अझ, रातको समयमा दोहन गर्न जनप्रतिनिधिले नै अनुमति दिएको कतिपय ठेकेदारहरु नै स्विकार्छन । गाउँपालिकाका प्रतिनिधि, स्थानीय प्रहरी नेतृत्व, स्थानीय र विभिन्न दलका प्रतिनिधिको बैठक बसेर गिट्टी तथा बालुवाको उचित मूल्य निर्धारण गर्न त सकेन नै आफ्नो आँखा अघि भएको तस्करी रोक्न सकेनन् ।
तस्करीको नदीजन्य पदार्थलाई क्रसर नै पिच्छे मनोमानी मूल्य लिएर उपभोक्ता ठग्दा पनि छुट मिलिरहेको छ । तस्करीबारे स्थानीय नेता र सुरक्षा निकाय नै मौन भैदिदा प्रभाव र पँहुचका आधारमा लेनदेन मिलाएर तस्करी भैरहेको हो की भन्ने अनुमान गर्न छुट मिलेको छ ।।
क्याटेगोरी : खोज / मिसन, जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्