Techie IT
Mission Khabar

श्रृङ्खला एक : अबैध क्रसरको प्राकृतिक दोहन, कारबाही गर्नुपर्नेबाटै भयो संरक्षण (फोटो डायरी)


ललितपुर/सिन्धुली/दोलखा– देशभरका स्थानीय तहमा जनप्रतिनिधि आएपछि आम मतदाताले अपेक्षा गरेका थिए, घर आँगनमा सिंहदरबारको सेवा पाउने र रोकिएको विकास निर्माणले गति लिने । तर यो अपेक्षा जनप्रतिनिधि आएको एक बर्षसम्म अधुरै रह्यो ।

न जनताले सेवासुविधाको सहज पँहुच नै पाए, न विकासको गति नै अघि बढ्यो । बरु हिजोका बिक्रिति र बिसंगतीले अझ पनि निरन्तरता पाइरहेका छन् । हो यही अनियमितता र बिक्रितिको एउटा स्वरुप हो, देशका अधिकांश क्षेत्रमा चलिरहेका अबैध क्रसर उद्योग र प्राकृतिक श्रोतको दोहन ।
अहिले दोलखा, सिन्धुली, ललितपुर नुवाकोट, मकवानपुर लगायत विभिन्न क्षेत्रमा क्रसर उद्योग चलिरहेका छन्, त्यो पनि मापदण्डलाई लत्याउँदै । अझ दोलखाका कतिपय क्रसर त सरकारी जग्गाको दोहनमा सक्रिय पनि छन् ।
उनीहरुलाई नियमन गरेर कानुनी दायरामा ल्याउनुपर्ने निकाय यस्तो गैह्र कानुनी हर्कत टुलुटुलु हरेर मात्रै बसिरहेका छन् । किन नियमन र कारबाही भएन ? भन्दा जनप्रतिनिधि र स्थानीय प्रशासनको जवाफ आउँछ, छिट्टै कारबाहीको दायरामा ल्याउछौँ । तर यो आश्वसनले मैदानमा भैरहेको दोहन र अनियमितता रोक्न सकिरहेको छैन ।
एउटा जिल्ला र एउटा क्षेत्र अनि स्थानीय तह मात्रै होइन, यो अपचलन र अनियमितता देशका अधिकांश स्थानमा छ । कँही व्यवसायीले एकलौटी चलाइरहेका छन, त कहिँ सबैको मिलेमतोमा चलिरहेको छ । कँही नदिजन्य पदार्थको दोहन, कतै सरकारी बन र जग्गाको दोहन ।
यी र यस्ता अबैद्य काम किन रोकिदैनन त ? हामीले धेरै स्थानको अबैध धन्दाको खबर अनुगमन गरेका छौँ । अनि खास ठाउँ र स्थान बिशेष, अनि मिलेमतो र संलग्नता बारेको खास–खास खुलासा आगामी श्रींखलामा गर्दै जानेछौँ ।


क्याटेगोरी : खोज / मिसन, जनप्रतिनिधि, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्