Techie IT
Mission Khabar

अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटना : घटनास्थल र आनी डोल्मा उद्धार (फोटो र भिडियो डायरी) मार्फत


नुवाकोट / काठमाडौं– काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको अल्टिच्युड एअरको हेलिकप्टर शनिबार दुर्घटनामा पर्यो । हेलिकप्टरमा सवार छ जनाको मृत्यु हुँदा एक जनाको जिवित उद्दार गरिएको थियो ।

नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुगस्थित जंगलमा हेलिकप्टर फेला परेको थियो । घटनास्थलको अवस्था कस्तो थियो अनि ल्हो आनी डोल्मालाई कसरी उद्दार गरेर काठमाडौं ल्याईयो, भिडियो र यी फोटोमा

गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टर दुर्घटनाबाट पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, छोवाङ नुर्वु र सुनिल तामाङले ज्यान गुमाएका थिए ।

घना जंगल र बाक्लो कुहिरो लागेकाले घटनास्थलमा पुग्न गाह्रो भएको र उद्दारमा ढिलाई भएको बताइएको छ ।

फोटो र भिडियो ङावाङ नुरी शेर्पाको फेसबुकबाट


क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्