Techie IT
Mission Khabar

जोखिममा भोजपुर कारागार, भत्किन लागेको भवनमा कोचाकोच कैदीबन्दी


भोजपुर–भोजपुर जिल्ला कारागारको क्षमता २५ पुरुष र ५ महिला गरि ३० जना अट्ने छ । तर यहाँ अहिले ९९ जना कैदी र २ जना आश्रित नावालक गरि एक सय एक जना कैदीबन्दी बस्नुपर्ने बाध्यता छ ।

यसैपनि नेपालका कारागार अब्यवस्थित छन् । त्यसमाथी भूकम्पले भत्किएका कारण सबै कोठा प्रयोगमा ल्याउन नसकिने भवन, कैदीलाई बस्न खान नै समस्या छ । कैदीको समस्या र कारागारको बिजोक लुकाउन खोज्ने निमित्त जेलर खगेन्द्र अधिकारी भनिरहेका छन्–कैदीबन्दीका लागि सहज व्यवस्था छ, जिर्ण भवन बारे केन्द्रमा जानकारी पुगेको छ ।

कारगार भवन निर्माणका लागि भन्दै भोजपुर नगरपालिका–७ मा ८ रोपनी ३ आना जग्गा दान स्वरुप प्राप्त गरेको पनि निक्कै समय बितेको छ । तर अहिलेसम्म भवन निर्माण कहिलेबाट सुरु हुने भन्ने नै अनिश्चित छ । के यस्तै पाराले बन्दीगृहलाई सुधार गृह बनाउने सरकारी लक्ष्य पुरा होला त ?


क्याटेगोरी : खोज / मिसन, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्