Techie IT
Mission Khabar

निरन्तरको सास्ती नागढुंगा नौंबिसे सडक, दशै अगाडी झनै बढ्ने अनौठो जाम


काठमाडौं– मर्मतका लागि भन्दै त्रिभुवन राजपथ बन्द गरिनु नौलो होइन, निरन्तरको मर्मत र जामले यो राजपथको यात्रा कष्टकर बन्न थालेको पनि बर्षौ बितेको छ । तर सर्वसाधारणले व्यहोर्दै आएको सास्ती रोक्ने बारे कसैले चासो दिएको देखिदैन ।

अहिले फेरी त्रिभुवन राजपथको नागढुङ्गा पिपलामोड सडकखण्डमा सवारी साधन आवागमन नै रोक लगाएर मर्मत थालिएको छ । पूर्व जानकारी विना बेलुका दश घण्टा सडक बन्द गरिदा नाकढुंगा देखीको जाम धादिङको नौबिसेसम्म पुग्ने गरेको छ । चाडपर्वको समयमा सडक मर्मत शुरु गरेको भन्दै यात्रुहरुले असन्तुष्टि जनाउँदैगर्दा चालक र कतिपय यात्रु एयर टिकट बिकाउने षड्न्त्र भएको भनिरहेका छन् । अत्यधिक भार बोकेका गाडीका कारण सडकमा खाल्डा पर्नुका साथै भास्सिएको छ । बर्षेनी चाडवाड नजिकिएसँगै हुने मर्मतले कतै एयर टिकट बिकाउने खेल त हैन भनेर आशंका गर्नेहरुको संख्या पनि बढाएको छ ।

दशैंसँगै यो सडकमा दैनिक २ हजारभन्दा बढी यातायातको चाप बढ्छ । चाडपर्वलाई सहज र सुविधाको पर्व बनाउने भनिरहेको छ सरकार तर सडकमा चाप बढ्दैगर्दा बाटो बन्द गरेर मर्मत गर्दा व्यहोर्नुपरेको सास्तीबारे बेखबर छ ।


क्याटेगोरी : खोज / मिसन, यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्