Techie IT
Mission Khabar

निर्मला हत्या घटनाको छानविन प्रतिवेदनमा ४५ तथ्य, प्रहरी अनुसन्धान, अनिता बम र बिष्टमाथी शंका (प्रतिवेदन सहित)


काठमाडौं–गृह मन्त्रालयले निर्मला बलात्कारपछिको हत्याकाण्ड बारेको छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । ४५ वटा तथ्य सहित गृहबाट सार्वजनिक गरिएको प्रतिवेदनमा प्रहरी अनुसन्धान र अनिता बमको गतिविधिलाई शंकास्पद ठहर गरिएको छ ।

यस्तै छानविन समितिको प्रतिवेदनले सामुहिक बलात्कारपछि अन्यत्रै हत्या गरेर अपराध लुकाउन घटनास्थलमा शब, किताब र साईकल राखिएको ठहर गरेको छ । घटनास्थलको मुचुल्का शंकलनमै कमजोरी औल्याएको प्रतिवेदनले मृतकका बुबा भारतमा रहेको समयमा उनको मञ्जुरीको किर्ते कागजात तयार पारेर अनुसन्धान अघि बढाएको खुलासा गरेको छ । बलात्कारपछिको हत्या घटनामा बिषय बिज्ञ सहितको बिशेष अनुसन्धान टोलीमार्फत थप अनुसन्धान अघि बढाउन समेत प्रतिवेदन मार्फत सुझाब दिइएको छ ।

एसपी दिलिपराज बिष्टको छोरा किरणराज बिष्टले २०५४ साउन १० गते आफ्नो जन्मदिन भन्दै होटेल ओपेरामा फोटो खिची घरमा साथी साजन बुढा ऐर सहित जन्मदिन मनाएको, सो पार्टीमा साथी ऐश्वर्या बिष्ट, शिशिर तथा साथीसँग आफूले नचिनेका केटी आएको बताएकोमा नीजको नागरिकता अनुसार जन्ममिति २०५६ बैशाख १० गते खुलेको पाइएपछि नीजलाई समेत प्रतिवेशनमा शंकास्पद ठहर गरिएको छ । २०७५ साउन ८ को नमुना परिक्षणको चलानी नम्बर ६२३ को पत्रलाई नै प्रतिस्थापन गर्नेगरी मुचुल्काको कपडा सच्याउन भदौँ १० गते ६४६, ६४९ चलानीको पत्र पठाएको देखिएकाले प्रहरीको गतिबिधिलाई समेत प्रतिवेदनले शंकास्पद ठहर गरेको छ ।

यस्तै, दिलिप बिष्टलाई यथेष्ट प्रमाणबिना पक्राउ गरेर सोधपुछका नाममा यातना दिइएको ठहर गर्दै प्रतिवेदनमा बिष्ट पक्राउ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई तत्काल छानविन गरी कारवाही गर्न सुझाब दिइएको छ । शब भेटिएको स्थानको अनुसन्धान, मुचुल्का शंकलन र सुरक्षामा कमजोरी गर्ने प्रहरीमाथी अनुसन्धान गरेर पदिय हैसियत अनुसार कारबाही गर्न र गम्भिर प्रकृतिको घटना हुँदा घटनास्थलसम्म नजाने तथा अनुसन्धान गम्भिर नबन्ने प्रहरी उपरिक्षक दिलिपराज विष्टमाथी पनि छानविन र कारबाहीको शिफरिस गरिएको छ ।

छानविन समितिले निर्मला पन्तको शब भेटिएको स्थान, आसपास क्षेत्रको स्थलगत अध्ययन र अनुगमन तथा पीडित परिवार स्थानीय नेता, बुद्धिजिवि, पत्रकार अधिकारकर्मीको बयानका आधारमा प्रतिबेदन तयार पारेको थियो । छानविन समितिले प्रतिवेदन मार्फत जिल्लाको नेतृत्व गर्नेगरी स्थानीय प्रहरी अधिकारीलाई नखटाउन र कनिष्ट तथा जुनियर प्रहरी कर्मचारिलाई पनि आवश्यकता र औचित्यता बाहेकको अवस्थामा घर पाएक नपठाउन सुझाब दिएको छ ।

पुरा प्रतिवेदन पढ्न लिङमा जानुहोस्  http://www.moha.gov.np/public/upload/


क्याटेगोरी : खोज / मिसन, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्