Techie IT
Mission Khabar

बालबालिकामा अन्धोपनको जोखिम, समयमै रोग पहिचान गरेर उपचार गरे जोखिम कम हुने चिकित्सकको सुझाब


काठमाडौं– नेपालमा पछिल्लो समय समयमै उपचार नपाएर दृष्टि गुमाउने बालबालिका बढ्दो क्रममा छन् । कुल जनसंख्याको ० दशमलब ०७ प्रतिशत अर्थात झण्डै साँढे दुई बालबालिका विभिन्न कारणबाट अन्धोपनाको जोखिममा छन् ।

तिलगंगा आँखा अस्पतालको एक अध्ययनले पनि नेपालमा दृष्टिविहिन बालबालिकामध्ये ८० प्रतिशत समयमै उपचार नपाउँदा जोखिममा परेको देखाएको छ । २० प्रतिशत बालबालिकाको आँखा समस्यामा भने उपचार सम्भव नभएको पाइएको छ । अन्धोपना मात्रै होइन, पछिल्लो समय दृष्टिदोष अर्थात नजिक वा टाढाको बस्तु नदेख्ने समस्या धेरै बालबालिकामा देखिएको चिकित्सक बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले पनि नेपालमा बाल अन्धोपनसम्बधी झण्डै दुई तिहाई रोगहरु समयमै पत्ता नलागेर वा उपचार नपाएर हुने गरेको देखाएको छ । नेपालमा प्रत्येक दश हजार बालबालिकामध्ये साता जनामा अन्धोपनको समस्या पाइएको दाबी गर्ने चिकित्सकहरु आखाको नानीको रङ परिवर्तन हुने, झिमझिम गर्ने, आसु धेरै आउने, चिलाउने, टेढोपन, टाढाको बस्तु हेर्दा टाउको बङगाउने लक्ष्यण बालबालिकामा देखिए तुरुन्त आखा चाँज गराएर उपचार थाल्न भनिरहेका छन् ।

दृष्टिदोष, अल्छि आँखा, छड्के आँखा, मोतिबिन्दु, जलबिन्दु, आँखामा लाग्ने चोटपटक, पर्दाको समस्या तथा अन्य संक्रमणले शंबेदनशिल अंगाको ज्योती सधैको लागि गुम्नसक्छ । बालबालिकालाई भिटामिन ‘ए’ युक्त खाना तथा फलफुल खुवाउने, साना बच्चाको आँखामा गाजल, तेल र दुध नलगाउने तथा चोटपटक र संक्रमणबाट बचाउने हो भनेपनि आँखाको ज्योती गुम्नबाट बचाउन सकिन्छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्