नेपाल प्रहरीको ६३ औँ दिवस, जनस्तरमा बढ्दै गरेको प्रहरीप्रतिको अविश्वास मेटाउने कस्ले ?

काठमाडौं– नेपाल प्रहरीले ६३ औं प्रहरी दिवस । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवसले निरन्तरता पाइरहेको छ । तर प्रहरी संगठनको विकास, कामकारबाही र अधिकारको नयाँ आयामका रुपमा सुरु भएको यो दिबश प्रहरी प्रधान कार्यालय र मातहतका निकायमा मात्रै सिमित छ ।
यसले न संगठनलाई सबल र सक्षम बनाउन भुमिका खेलेको छ । न प्रहरी अधिकृत र संगठनका कर्मचारीको आचरण र व्यवहारमा परिवर्तन ल्याएको छ । बरु प्रधानमन्त्री, मन्त्री नेताहरुसँगको भेटघाट र भलाकुसारी अबशर जस्तो बनेको छ यो दिवश । हुनत, दिवसमा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत पनि गरिन्छ । तर तिनै अधिकृत र अधिकारीहरु ऋनियमितता भ्रष्टाचार लगायतका गलत काममा संलग्नताको आरोपको बिवादमा मुँछिदा उल्टै संगठनको निर्णय क्षमता प्रश्न उठ्दै आएको छ । हो, ६३ औँ दिवस मनाउदैगर्दा पनि प्रहरी संगठनले जनजनको विश्वास जित्न नसक्नु एउटा दुःखद पक्ष हो ।
विभिन्न दृष्टान्तहरुले प्रहरीमाथिको भरोसा र विश्वास पछिल्ला दिनमा झन–झन कम हुँदै गएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परे । व्यवसायीबाट एक लाख ४० हजार रुपैयाँ घुस लिँदै गर्दा राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले पक्राउ गरेपनि प्रहरीभित्रको कमाउ धन्दाको एउटा पाटो फेरिपनि उजागर भयो । उनी गलत थिए वा थिएन पछि खुल्दै जाला तर उनीमाथी लागेको आरोपले संगठनलाई अपजस भिराएको छ । राई पक्राउ पर्नुभन्दा दुई दिनअघि काठमाडौं मूलपानीमा जुवाडेको अखडामा महानगरीय प्रहरी परिसर टोलीले छापा मार्दा दुई जनाको मृत्यु भयो । घटनास्थलमा देखिएको रगत र दराजको ह्यान्डिल भाँचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भैरहँदा यसमा पनि थुप्रै शंका उब्जिएका छन् । यसबारे प्रहरी मौन छ ।
अपराध तथा भ्रष्टाचारका गतिविधिमा प्रहरी अधिकारी नै लागेको खुलेपछि प्रहरीको भूमिकाप्रति सर्वसाधारणले शंका गर्नु स्वभाविक जस्तै बनेको छ । पेप्सीकोलाका बालक निशान खड्काको अपहरणपछि हत्यामा गरिएको ‘इन्काउटर’ होस् वा कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा प्रहरी आफैले प्रमाण नष्ट गरेको भन्दै विवादित बनेको छ । अझ, ३३ किलो सुन प्रकरणको मुचुल्कामा मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीको नाम समावेश नगरिएको घटना, इटहरीमा भएको बलात्कारमा प्रहरीकै संलग्नतामा मिलापत्रको प्रयास हुनु, दिनेश अधिकारी ‘चरी’, कुमार श्रेष्ठ ‘घैंटे’, मनोज पुन तथा ललितपुरका प्रवीण खत्रीमाथिको इन्काउन्टरले पनि प्रहरी माथी नै शंका उब्जाएको छ ।
यी यावत, घटनामा प्रहरीले जनतालाई विश्वासिलो आधार दिन सकेको छैन । कार्यस्थलमा खटिने प्रहरी गल्ती दोर्होयाइरहन्छन् । अनि संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल किरा झिक्ने भन्दै संगठनका कर्मचारीमाथी नै प्रश्न उठाउँदै हिडिरहेका छन् । अनि उनै प्रमुखमाथी पनि अफिसरहरुलाई उठानीको टार्गेट दिएर पुरा नहुदा हटाउनेगरेको आरोप लाग्दैआएको छ । संगठनभित्र शुद्धीकरण आवश्यक छ भनेर मात्रै जनस्तरमा गुमेको विश्वास फर्किदैन । पूर्वप्रशासक र प्रहरीकै पूर्वअधिकृतहरू भनिरहेका छन्, प्रहरीको कामले नै अविश्वास बढेको हो अब जिम्मेवारी र कार्यशैलीमा सुधार आवश्यक छ ।
राजनीतिक दलले नियुक्तिदेखि सरुवाबढुवामा हिस्सा खोज्दा राम्राभन्दा हाम्रा मान्छेले अवसर पाइरहेका छन् । संगठनमा व्यावसायिक अधिकृतको कमी देखियो, गल्ती गर्ने र अपराधको ढाकछोप गर्नेलाई बढुवामा प्राथमिकतामा दिइयो । कसका मान्छे भनेर हेर्ने प्रवृत्तिलाई बढावा दिइयो । यस्ता कारणले संगठन कमजोर बन्दै गयो । पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरी त ‘राइट म्यान राइट प्लेस’को मापदण्ड लागू नभएकै कारण प्रहरीका काम कारबाही निचोडमा पुग्न नसकेको बताउँछन । यता वर्तमान प्रहरी संगठनको नेतृत्व भने केही प्रहरी अधिकृतको कमजोरीलाई संगठनकै कमजोरी सोच्न नहुने बताउँछ । जसले गल्ती गर्छ, ऊ कारबाहीको भागीदार हुन्छ भन्ने अवधारणा अनुसार शुद्धिकरण अघि बढेको दाबी नेतृत्वको छ ।
जसले जे भने पनि प्रहरी आम नागरिकको संस्था हो । यसलाई बलियो बनाउदै गुम्दैगरेको विश्वास फर्काउन कत्तिपनि ढिलाई गर्नुहुन्न । ‘राइट म्यान राइट स्पेस’को अवधारणा लागू गर्न सकेमात्रै पनि प्रहरीप्रतिको जनविश्वास केही हदसम्म बढ्नसक्छ ।
क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्