Techie IT
Mission Khabar

बुध ग्रह अध्ययनमा सक्रियता, जापान र युरोपेली राष्ट्रबाट भू–उपग्रह सहितका दुईवटा अन्तिरिक्ष यान प्रक्षेपण


एजेन्सी– बुध ग्रह अध्ययनका लागि जापान र युरोपेली राष्ट्रहरुले दुईवटा भु उपग्रह सहितको ‘बेपी कोलम्बो’ अन्तरिक्ष यान प्रक्षेपण गरेका छन् । दक्षिण अमेरिकास्थित फेन्च गुयनामा रहेको युरोपेली अन्तरीक्ष प्रक्षेपण केन्द्रबाट पठाइएको यान सात वर्षपछि निर्धारित स्थानमा पुग्नेछ ।

निर्धारित स्थानमा पुगेपछि दुई भू उपग्रहहरु एक अर्कासँग छुट्टिएर फरक फरक दिशामा पुगी बुध ग्रहबारे अध्ययन गर्नेछन् । एकै समयमा जर्मनीमा रहेको नियन्त्रण कक्षलाई जानकारीहरु पठाउने गरी व्यवस्था मिलाइएको बैज्ञानिकहरुले बताएका छन् । नयाँ उपग्रहवाट बुधग्रहको रहस्य पत्ता लगाउन सहयोग पुग्ने आशा गरिएको छ । सुर्यको नजिकै रहेको बुध सौर्य मण्डलको उत्पत्ति, इतिहास र सतहवारे अध्ययनवाट पत्ता लाग्ने अपेक्षा राखिएको छ । ५ करोड ७० लाख किमी टाढा रहेको बुध सूर्य नजिकै भएका कारण दिउँसो निकै तातो र रातमा निकै चिसो हुने गर्दछ ।

बुधको अध्ययन र अनुसन्धान अभियानका लागि २ अर्ब अमेरिकी डलर खर्च गरिएको बताइएको छ । सौर्य मण्डलमा रहेका अन्य ग्रहको तुलनामा बुधबारे निक्कै कम मात्रै खोज अनुसन्धान भएको छ । बुध सम्बन्धी खोजका लागि अमेरिकाले यसअघि दुई पटक मात्रै अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्