नयाँ नोटले राज्यलाई ७९ लाखको ब्ययभार, डलर र युरो जस्तै माया गरेर नेरुको आयु बढाउने कि ?

काठमाडौं–दसैंका लागि नयाँ नोट छपाइ गर्दा नेपाल राष्ट्र बैंकले ७८ करोड ९० लाख रुपैयाँको अतिरिक्त व्ययभार ब्यहोर्नु परेको छ । ५ देखि १०० रुपैयाँ दरसम्मका नोटमा मात्रै ६२ करोड २८ लाख रुपैयाँको भार व्यहोरेको राष्ट्र बैंकको नयाँ नोटको खर्च बर्षेनी बढ्दो छ ।
राष्ट्र बैंकका अनुसार, दसैं बिदा सुरु हुनु अघिसम्म ५ रुपैयाँ दरका ९ करोड ४२ लाख ५० हजार थान नोट सटही हुँदा कुल ४७ करोड ७१ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । यसमा राष्ट्र बैंकले १२ करोड ५५ लाख ९९ हजार ५सय २९ रुपैयाँको छपाई खर्च ब्यहोरेको छ । १० रुपैयाँ दरको ९ करोड ७२ लाख थान नोट सटही हुँदा १६ करोड ५६ लाख ६२ हजार १ सय २० रुपैयाँ खर्च भएको छ । २० रुपैयाँ दरका ६९ करोड ६५ लाख थान वितरण गर्नलाई राष्ट्र बैंकले ८ करोड ३२ लाख २६ हजार १ सय ८४ रुपैयाँ छपाई खर्च ब्यहोरेको छ । ५० रुपैयाँ दरका नोट १० करोड १५ लाख ५० हजार थान वितरण गर्दा बैंकको १५ करोड ७२ लाख ४५ हजार ९९६ रुपैयाँ छपाइ खर्च भएको छ । १०० रुपैयाँ दरका नोट ३ करोड ८३ लाख थान सटही हुँदा छपाई खर्च बापत राज्यमाथी ९ करोड ११ लाख ३२ हजार ४ सय ९३ रुपैयाँको बोझ थपिएको छ ।
दसैंमा कुल ११ अर्ब ७४ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरका ४६ करोड ५५ लाख थान नयाँ नोट साटिएको राष्ट्र बैंकको रेकर्डले देखाएको छ । गत बर्ष ४१ करोड ५४ लाख थान नयाँ नोट साट्दा १२ अर्ब ३७ करोड ९२ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो । अघिल्ला बर्षमा ५ सय र १ हजार दरका नोट बढी साटिने गरेकोमा यो बर्ष साना नोटको माग बढेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट ब्यवस्थापन चुनौतीपूर्ण बनेको मात्रै छैन्, दसैंमा जसरी पनि नयाँ नोट साट्नु पर्छ भन्ने आम मनोविज्ञानले राज्यको खर्च बढाएको छ । दसैंमा बाहिरिने नयाँ नोट रङ अबिर लागेर फर्किन्छ ।
नोटलाई सुरक्षित रुपमा चलाउने अभ्यास र चेतना आम नागरिकमा भर्न नसक्ने हो भने दसैंको नयाँ नोट छपाई राज्यकोषका लागि भार मात्रै बन्ने देखिन्छ । अमेरिकी डलर युरो र भारतीय रुपैयाँ जस्तै नेपाली नोटलाई पनि जतन गरेर राज्यको खर्च कम गर्दै नोटको आयु पनि बढाउने हो कि ?
क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्