षडानन्द पाठशाला : इतिहास संरक्षणमा बढ्दै गरेको बेवास्ताको एउटा नमुना (फोटो डायरी)

शिक्षाका ज्योति मानिने आवाल ब्रह्मचारी षडानन्द अधिकारीले स्थापना गरेको सस्कृत पाठशाला संरक्षणको अभावमा जिर्ण बनेको छ । २०७२ बैशाख १२ को भुकम्पले क्षति पुर्याएको पाठशाला संरक्षणमा कसैले ध्यान नदिदा इतिहास मेटिने खतरा बढेको छ ।
जनस्तरबाट स्थापना भएको नेपालकै पहिलो संस्कृत पाठशाला हो भोजपुरको षडानन्द नगरपालिकामा रहेको पाठशाला । षडानन्दले १९३२ सालमा स्थापना गरेको पाठशालामा तत्कालीन समयमा पश्चिम नेपालका गुल्मी, सल्यान, प्यूठानसम्म र छिमेकी देश भारतको सिक्किम तथा आसामबाट विद्यार्थी गुरुकुल शिक्षा लिन आउने गर्थे ।
शिक्षाको यति ठूलो महत्व बोकेको पाठशाला अहिले खण्डहर जस्तै बनेको छ । पाठशाला संरक्षणको लागि पडानन्द सीताराम गुठी स्थापना गरिएपनि कुनै पहल भएको छैन ।
स्थानीय गुठीमा करिव २ सय रोपनी जमिन भएपनि पाठशालाको लागि केहि सहयोग नमिलेको बताउँछन् । पाठशाला परिसरमा रहेको राम मन्दिर, सिव लिङ्ग लगायतका मुर्तीहरु समेत तोडफोड भएका छन् । गुठी परिसरमा रामचन्द्र, नर्मदेश्वर, शिवालय र पशुपतिका ४ वटा मन्दिर जीर्ण छन् ।
वटुकहरुको लागि खाने तथा वस्ने व्यवस्था सहितको छात्रावास जीर्ण वनेको छ । अहिले ज्ञान आर्जन गरिरहेका वटुकलाई खान वस्न समस्या पर्दै आएको शिक्षक भिमचन्द्र नेपालले बताए ।
षडानन्द नगरपालिका भने पाठशालाको संरक्षणका लागि काम भैरहेको बताउछ । भोजपुरसँगै देशको चिनारी वोकेको यो पाठशाला राज्यको सम्पति हो । इतिहास संरक्षणमा स्थानीयसँगै सरकारले विशेष चासो लिनुपर्छ ।
क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्