Techie IT
Mission Khabar

वैदेशिक रोजगारीको जोखिम : १० बर्षमा ७ सय नेपाली कोफिनमा फर्किए, नेताहरु समृद्धी र रोजगारीको भाषणमै मस्त


काठमाडौं–स्वदेशमा उद्योग व्यवसायको विकास र विस्तार गर्न नसक्दा विदेशीने नेपालीहरुको संख्या बढ्दो छ । तर हाम्रा प्रधानमन्त्री र नेताहरु सबै नेपालीलाई रोजगार बनाउने र विदेशमा रहेकाहरुलाई पनि केही बर्षमै स्वदेश फर्काउने महत्कांक्षी भाषण गरिरहेका छन् ।

उनिहरुको प्रतिबद्धता केवल भाषणमा मात्रै सिमित भैरहँदा बैदेशिक रोजगारी जोखिम बन्दै गरेको रहश्य बाहिरिएको छ । पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ९ सय २१ नेपाली कोफिनमा फर्किएका छन् । यसरी शवका रुपमा फर्किनेमा सबैभन्दा धेरै मलेसियाको रोजगारीमा गएकाहरु छन् । यसपछि साउदी, कतार र यूएई मा पनि धेरै नेपालीले ज्यान गुमाएका छन् ।

पछिल्ला बर्षहरुमा बैदेशिक रोजगारीमा मृत्युवरण गर्ने नेपालीको संख्या बढ्दो छ । १ हजार २ सय ५२ भन्दा बढी नेपाली दश बर्षमा अंगभंग भएका छन् भने १८ जना कोमामा छन् । मलेसिया र खाडी मुलुकमा मात्रै ४ सय २७ जना विभिन्न अभियोगमा जेलजीवन बिताइरहेको पाइएको छ । वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड स्थापनाको १० वर्षमा रोजगारीका क्रममा मृत्यु भएकाहरुलाई वितरण गरिएको आर्थिक सहायताका आधारमा तयार खुलेको तथ्या मात्रै हो यो । यसअवधिमा गैरकानूनी बाटोबाट रोजगारीमा पुगेका र श्रम स्विकृति सकिएर लुकिछिपि बसेकाहरुको जोखिम झनै ठूलो छ ।

हुनत, नेपालीहरुले विदेशमा पाउने रोजगारीलाई थ्रीडीको रुपमा पनि चित्रण गर्ने गरिएको छ । डर्टी अर्थात फोहोरी, डेन्जरस अर्थात जोखिम र डिफिकल्टिज अर्थात कठिन । यसमा बाध्यताको जोखिम उठाइरहेका छन्, लाखौँ नेपाली । यता, सरकार र नेताहरु समृद्धी र रोजगारीको भाषणमा मात्रै सिमित भैदिदा नेपालीहरुको बाध्यताको पलायन झन–झन बढिरहेको छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्