Techie IT
Mission Khabar

सेना–प्रहरीको पोशाक खरिदमा महालेखाको अनुसन्धान, रोकिएला त अनियमितताको निरन्तरता ?


काठमाडौं– खाद्यान्न अनि पोशाखा गरिदमा होस वा सुराकीमै किन नहोस् । यी आर्थिक गतिबिधिले सुरक्षा निकायलाई निरन्तर बिवादमा तान्दै आएका छन् ।

पछिल्लो पटक सुरक्षा निकायको पोशाक खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन नै शुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबल तीनैवटा सुरक्षा निकायको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भएको निष्कर्ष सहित छानबिन थालेको हो । महालेखाले आव २०७२\०७३, २०७३\०७४ र २०७४\०७५ गरी तीन बर्षको पोशाक खरिदमाथी छानविन अघि बढाएको छ । हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ । तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाएका छैनन भने उच्च अधिकृत यहि आर्थिक कारोबारबाट विवादमा तानिने गरेका छन् ।

हुनत, लत्ताकपडा, बुट अनि बन्दोबस्तीको सामान राख्ने झोला खरिदमा आफन्त प्रयोग गरेर ठेकेदार मार्फत कमिसन लिने गरेको आरोप यी निकायका उच्च अधिकृत माथी निरन्तर लाग्दै आएको छ । तर अझसम्म प्रभावकारी छानविन गरेर कडाईका साथ कारबाही नगरिदा यो प्रबृत्तिले निरन्तरता पाइरहेको छ । महालेखाको पछिल्लो छानविनले भने अनियमिततामा पल्केकाहरुलाई तरंगित बनाएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्