Techie IT
Mission Khabar

निर्मला हत्या प्रकरणः आफन्तलाई विश्वस्त पार्न नसकेको अनुसन्धान, आरोपीले अभियोग स्विकारेको प्रहरी दाबी


खबर टिप्पणी । काठमाडौं–निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेको दाबी प्रहरीको छ । तर अझैपनि कञ्चनपुर र काठमाडौंमा निर्मलाका लागि न्याय माग्दै दिनहु हुने आन्दोलन रोकिएको छैन ।

काठमाडौंमा शुक्रबार मात्रै पनि माइतीघरमण्डला, बालुवाटार र पध्मकन्या क्याम्पसमा आन्दोलन भयो । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दाबी गरिरहदा निर्मला काण्डको आरोपमा पक्राउ गरिएकाहरुका आफन्त दिलिपसिंह बिष्टलाई जस्तै फसाउन खोजिएको भनिरहेका छन्, भने पीडितका आफन्त पनि हो भनेर पत्याइहाल्ने अवश्थामा देखिदैनन । आरोपितको डिएनए रिपोर्टले वास्तविकता थप उजागर गर्ला ? तर प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल आफै लागेर अनुसन्धान गरेको भनिएको यो अनुसन्धानले सुरुवातमै शंकास्पद गतिविधी देखाउने प्रहरीलाई विश्वास गरिहाल्ने ठाउँ दिएको देखिदैन ।

निर्मलालाई आफूले पहिले नै चिनेको बताउने प्रदिपले प्रहरीसँगको बयानमा भनेका छन्,–त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको थिए । लागुऔषध सेवनका लागि आसपासमै रहेको साथी विशाल चौधरी पनि आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आयो, गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरे । पछि विशालले समेत बलात्कार गरेको हो । बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरिएको हो ।

महेन्द्रनगर–१८ भगतपुरका स्थानीय युवामाथी प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । उनीहरु लागुऔषध सेवनकर्ता भएको बताइन्छ । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको बताइएपनि यो खबर तयार पार्दासम्म डिएनए रिपोर्ट सार्वजनिक भएको छैन । तर नेपाल मात्रै होइन्, विश्वव्यापी तथ्य र तथ्यांकहरुले लागूऔषध सेवनकर्ताहरु दुब्यबहारमा संलग्न देखिएपनि बलात्कारमा संलग्न भएको कति कतै देखाएको छैन । बरु यौनका मामिलामा उनीहरु निश्किृय हुने विभिन्न अध्ययनले देखाएका छन् । लागूऔषध सेवनकर्ताले बलात्कार गरेको अनि प्रतिकार गरेपछि ज्यान लिएको भन्दै दिएको साविति बयानलाई कसरी स्विकार गर्ने अझै अन्यौल छ । यहाँ प्रहरी अनुसन्धानलाई प्रभावित पार्न खोजिएको होइन्, तथ्य मात्रै जानकारी गराइएको हो । डिएनए रिपोर्टको नतिजा भने हामिले नकार्न सक्दैनौँ ।

शंकास्पद प्रदीप, विशाल र दिनेशको डिएनए परीक्षणका क्रममा छ । अनुसन्धानमा अहिले शंका उपसंका उब्जिनु स्वभाविक नै छ । केही दिनमा आउने डिएन रिपोर्ट र प्रहरीले सार्वजनिक गर्ने संलग्नताको प्रमाण र तथ्यले यो प्रकरणलाई थप गति दिनेछ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्