सुशासन र समृद्धीको भाषणले रोक्न नसकेको भ्रष्टाचार, किन खुल्दैनन्, हाईप्रोफाईल फाईल ?

काठमाडौं–सुशासन र समृद्धी, प्रधानमन्त्रीसँगै नेता, सांसद अनि हरेक जनताको मनमुटुमा राज गरेको एउटा सपना । तर बर्षेनी बढ्दो क्रममा देखिएको भ्रष्टाचारले यो सपनालाई विपना बन्न दिइरहेको छैन् ।
टान्सपरेन्सी, अख्तियार लगायतका विभिन्न अध्ययनले देखाए अनुसार नेपालमा चरम भ्रष्टाचार छ । एक ठाउँ, एउटा क्षेत्रमा मात्रै होइन्, सरकारी अड्डादेखी सेवामुलक सबैतिर अनिममितता कुनै न कुनै रुपमा छिपेको छ । बिडम्बना यतिसम्म छ कि पदिय दुरुपयोग गरेर आर्थिक अनियमितता गर्ने बिरुद्ध नियमन र कारबाही गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारी र भ्रष्टाचार हुने क्षेत्रको पहिचान गर्दा पनि आक्रामक कारबाहीमा उत्रन सकिरहेको छैन् । अहिलेपनि हाईप्रोफाइल भनिने सयौँ मुद्धाहरु मुलतबीमा छन् ।
नापी र मालपोतमा हुने काम मध्ये ६५ प्रतिशत भ्रष्टाचार हुनेगरेको दाबी गर्ने अख्तियार कारबाही गरिए दुबै कार्यालय रित्तिने भन्दै आफ्नो जिम्मेवारीलाई मजाकमा उडाइरहेको छ । उसैको पँहिचानका आधारमा विकास निर्माण क्षेत्रको काममा ४४ प्रतिशत, यातायात व्यवस्था कार्यालयमा ३८ प्रतिशत, जिल्ला प्रशासन, आन्तरिक राजश्व कार्यालय, शिक्षा तथा स्वास्थ्यका विभिन्न कार्यालय र परामर्श स्थलसम्म भ्रष्टाचार चरम देखिएको छ । तर पहिचान गरेका क्षेत्रमा केही प्रतिनिधि पात्रलाई कारबाही गरेकोमै दंग छ, अख्तियार । पछिल्लो समय अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे भनिरहेका छन्–विकास निर्माण क्षेत्रमा रहेको ढिलासुस्ती र भ्रष्टाचार निर्मूल पार्छौँ । के पूर्वमन्त्री समेत रहेका जेभी कालिका कन्ट्रक्सनका मालिक पाण्डे र पप्पु कन्ट्रक्सनका संस्थापक समेत रहेका सांसद रौनियारको कारबाहीले मात्रै विकासमा भएको लुटको छुट रोकिएला त ? अहँ, यसमा घुसेको भागबण्डा र रेटिङ संस्कार तोड्न राजनीतिक नियुक्तिमा आएका प्रमुखका लागि ठूलो चुनौती बन्नेछ । सक्नुहुन्छ, यसमा हिम्मत गर्नुस ।
यता, शुसासन र समृद्धीको मिठो भाषण गर्ने प्रधानमन्त्री केपी ओली भनिरहेका छन्– अब म भ्रष्ट्राचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न । पुनः एकपल्ट सबैलाई भ्रष्टाचार नगर्न र नियन्त्रण गर्ने निकायलाई स्वतन्त्र भएर काम गर्न दिन निर्देशन दिएका प्रधानमन्त्रीले हाईप्रोफाइल फाईल खोल्न अख्तियारलाई सघाउलान त ? विश्वास गरिहाल्ने ठाउँ छैन । बरु हामी ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार सुचकमा १ सय २२ औँ स्थानमै चित्त बुझाइरहेका छौँ । ट्रान्सपरेन्सीको भ्रष्टाचार सम्बन्धी पछिल्लो विश्वव्यापी सुचांकले नेपाललाई ३१ अंकसहित १ सय २२ औँ स्थानमा देखाएको छ । यो तथ्यले जताततै भ्रष्टाचार र अनियमितता भएको देखाउँछ । सुचांकको ५० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट र सुशासन नभएको रुपमा हेर्ने गरिन्छ ।
भ्रष्ट्राचार यतिसम्म छ कि राजनीतिदेखि समाजका सबै अंगअनि विकास निर्माणसम्म झांगिएको छ । यसलाई घटाउन अख्तियार मात्रै होइन्, सरकारले पनि ठूलै हिम्मत गर्नुपर्छ । बोलीमा सिमित भ्रष्टाचार बिरुद्धको शुन्य सहनसिलताले राष्ट्र र जनतालाई सम्बृद्धी र विकास होइन्, बर्बादीमा पुर्याउनेछ ।
क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्