राजश्व अनुसन्धान विभाग सक्रिय बन्दै, ६ अर्बको राजश्व छलीमा भन्सार कर्मचारी सहित ४२ फर्ममाथी कारबाही

काठमाडौं– भनिन्छ, राजश्व असुलीलाई व्यवस्थित गर्ने हो भनेपनि देशको सम्बृद्धी सम्भव छ । तर बिडम्बना नागरिक र व्यासायीमाथी लादिएको चर्को राजश्व सोझासिधाका लागि मात्रै देखिने गरेको छ । कर्मचारी र उच्च तहको सेटिङमा कर छल्नेहरु यहाँ धेरै छन् ।
पछिल्लो समय राजश्व अनुसन्धान विभागले देखाएको सक्रियताले चालू आर्थिक वर्षको ४ महिनामा भन्सार छल्ने ४२ वटा फर्म बिरुद्ध पौने ६ अर्ब रुपैयाँको विगो दावी सहितको मुद्दा अघि बढेको छ । विभागका अनुसार अनुसन्धानका सबै प्रक्रिया पुरा गरेर एक महिनाको अवधिमा ४२ फर्म बिरुद्ध ५ अर्ब ७७ करोड १७ लाख ६ हजार १ सय ३६ रुपैयाँ ४० पैसा विगो माग दावी सहित विभिन्न जिल्ला अदालतमा मुद्धा दायर भएको छ ।
एडीडास ब्राण्डको सामान आयातका क्रममा ७५ करोड रुपैयाँ राजश्व छली गरेको मितेरी इन्टरनेशलले भेस्ट, कट्टुको आयातमा ७५ करोड नै राजश्व छली गरेको पाइएपछि मुद्दा अघि बढाइएको छ । मितेरीका प्रोप्राइटर रञ्जन त्रिपाठी र सुमन श्रेष्ठसँग जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा जरिवाना सहित ३ वर्ष कैद, ट्रक उपलब्ध गराउने धनबहादुर तामाङ र चालक डम्बरबहादुर श्रेष्ठलाई जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा माग दावीसहित जनही डेढ वर्ष कैदको मागदावी मुद्दामा गरिएको छ । यो अनियमिततामा रसुवा भन्सार कार्यालमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का र नासु धिरजकुमार थापाले सघाएको देखिएपछि उनीहरुविरुद्ध पनि राजश्व चुहावट ऐन २०५२ को दफा ३ बमोजिम जनही १५ करोड १९ लाख २६ हजार ३ सय ८१ रुपैयाँ ६८ पैसा विगो रकम सहित तीन वर्ष कैदको मागदावी गरिएको छ ।
विभागले सुभान इन्टरनेशनल विरुद्ध १८ लाख विगो र ३ वर्ष कैद माग दावी गरेर मुद्दा अघि बढाएको छ । सुभान इन्टरनेशनलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सामान आयातका क्रममा ६ लाख २ हजार ९ सय ६९ रुपैयाँ बराबरको राजश्व छली गरेको अभियोग छ । राजश्व छलीमा संलग्न भरतबहाुर अर्याल र सुशिला पाण्डे विरुद्ध जनही १२ लाख ५ हजार ९ सय २० रुपैयाँ विगो सहित जनही ३ वर्ष कैद माग दावी गरिएको छ । सावित्रि श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठ विरुद्ध पनि जनही १२ लाख ५ हजार ९ सय २० रुपैयाँ विगो तथा जनही ३ वर्ष कैद मागदावी सहित मुद्दा अघि बढेको छ । कार्तिक २८ मा जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरिएको बताइएको छ ।
यता, भन्सार नतिरेको १० किलो ७ सय ७६ ग्राम सुन बरामद गरेको अभियोगमा छिरिङ ङटुप लामा र लोप्साङ तेन्गे लामा विरुद्ध ५४ करोड २७ लाख ५७ हजार १ सय ५ रुपैयाँ सहित ३ वर्ष कैद माग दावी गरेर विभागले जिल्ला अदालत गोरखामा मुद्धा दायर गरेको छ । उनीहरुसँग जनही ९ करोड ८६ लाख ८३ हजार १ सय १० रुपैयाँ माग दावी गरिएको छ । कार्तिक २७ मुद्दा दर्ता गरिएको विभाग बताउछ । विभागले बहादुर तामाङ विरुद्ध १२ करोड ४५ लाख २५ हजार रुपैयाँ सहित ३ वर्ष कैदको माग दावी गरेर काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । उनीमाथी पनि अबैध रुपमा सुनको कारोबार गरेको अभियोग छ ।
यस्तै, अरुण कुमार दास, रोशनकुमार महरा, विष्णुदेव राउत र विन्देश्वर राउत पनि राजश्व छलिको मुद्दामा परेका छन् । २ अर्ब २० करोड ४२ लाख ६० हजार ९ सय २८ रुपैयाँ र ३ वर्ष कैदको मागदावी गरिएका यीनिहरुमाथी विदेशबाट अबैध रुपमा रकम भित्र्याएको अभियोग । विदेशी विनियम ऐन २०१९को दफा १७को उपदफा १ अनुसार जनही ४१ करोड ३२ लाख ९८ हजार ९ सय २४ रुपैयाँ माग दावी गरेर कार्तिक २९ गते जिल्ला अदालत धनुषामा मुद्दा अघि बढाइएको छ ।
यती ठूलो राजश्व छलि हुँदा पनि कसैले सुइकोसम्म नपाउनुले राजश्व अशूली गर्ने निकाय र त्यहाँका कर्मचारीमाथी नै शंका पैदा गरिदिएकोछ । सेटिङमा रेटिङ गरेर भन्सार छल्ने अनि मालामाल बन्नेहरुमाथी कारबाही गर्ने कस्ले ? सरकार भन्सारको संसारमा पनि नजर लाउने हो कि ?
क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्