कमजोर बन्दै त्रिभुवन विश्वविद्यालय, सरकारीमा हाजिर मात्रै गरेर निजीमा अध्यापन गराउदै प्राध्यापक

काठमाडौँ—त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक अनि कर्मचारी आफ्नो पेशाप्रती जिम्मेवार छैनन भन्ने आरोप पटक–पटक लाग्दै आएको छ ।
कतिपयले भने यो आरोप पत्याउन मुस्किल मानिरहेका थिए । उनीहरु भन्थे– शिक्षक र विद्यार्थीले सरकारी कर्मचारीलाई गाली गर्नु र आरोप लगाउनु कुनै नौलो होइन्, यसमा केही आधार नै चाहिदैन । तर त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकमाथी लागेको आरोपलाई राष्ट्रिय सतर्कता केन्द्रको पछिल्लो अध्ययनले पुष्टि गरिदिएको छ । केन्द्रको प्रतिवेदनले त्रिबिका प्राध्यापकहरू हारिर गरेर सरकारी सेवासुविधा लिने अनि निजी कलेज र व्यक्तिगत काममा रमाउनेगरेको देखाएको छ ।
नियम त, प्राध्यापकले सातामा १२ देखि १५ कक्षा पढाउनुपर्ने हुन्छ । तर त्रिबिमा अधिकांश प्राध्यापक तथा शिक्षकले ३÷४ वटा कक्षा मात्रै लिइरहेको सतर्कताको प्रतिवेदनले देखाएको छ । प्राध्यापकलाई बोझिलो नबनाउन भन्दै सातामा स्नातक तहलाई २४ र स्नातकोत्तरलाई २१ पिरियड पढाउनुपर्ने प्रावधान हटाएर क्रमश ः१५ र १२ मा झारियो । यता, नयाँ व्यवस्था अनुसार सेमेस्टरमा पनि १२ र ९ पिरियड पढाउनुपर्ने भयो । तर स्थायी प्राध्यापकको कार्यभार घटाएर अस्थायी र करारको नियुक्ति बढाउँदा त्रिवि व्यवस्थित र गुणात्मक भएन बरु शिक्षण शिकाई कमजोर बन्दै गरेको त्रिबिमाथी अनावश्यक आर्थिक भार पनि बढिरहेको छ ।
त्रिविमा ७ हजार ९ सय २० प्राध्यापक रहेकोमा १ हजार ४ सय १० जनाले अन्य निकायमा अध्यापनको अनुमति लिएको देखिन्छ । तर अधिकांश शिक्षक तोकिएअनुसार क्याम्पसमा नपढाउने, हाजिरमात्रै गरेर निजी कलेजहरूमा पढाउन व्यस्त भएको सतर्कताको अध्ययनबाट खुलेको छ । अनुमति नलिई पढाउने शिक्षक पनि त्रिबिमा थुप्रै छन्, यसले त्रिविका विद्यार्थीको शिकाईलाई प्रभावित पारिरहेको छ । अस्थायी र करारमा नियुक्त शिक्षक र कर्मचारी सेवा आयोग फेल भएर पनि म्याद थप्दै त्रिबिको सेवा सुविधा लिइरहेका छन् । २५ वर्षअघि राजीनामा दिएका प्राध्यापकको राजीनामा अझै स्वीकृत नगरिदा रिक्त दरबन्दीसमेत यकिन गर्न गाह्रो छ ।
सतर्कताको ४ सदस्यीय टोलीले केन्द्रीय कार्यालयसहित विज्ञान संकाय, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनुसन्धान गरेको छ । यहाँ विश्वविद्यालय आफैंले बनाएको शैक्षिक क्यालेन्डर पालना नहुँदा विद्यार्थी भर्ना, नतिजा प्रकाशनलगायत गतिविधि प्रभावित बन्दै आएको पाइएको छ । कर्मचारी, शिक्षक नियुक्तिको क्यालेन्डर त बनाइएको छैन नै त्रिबिको बजेटमै आर्थिक अनियमितता र लापरबाही भएको पाइएको छ । खरिद योजना तथा खरिद एकाइबिनै सामग्री किन्ने क्याम्पसले भौतिक संरचना, कक्षाकोठा व्यवस्थापन र सरसफाईमा कत्तिपनि ध्यान दिएका छैनन । बरु हरेक क्याम्पसमा जिम्मेवारी पुरा नगरेर निजीमा पढाउन शिक्षकहरु बढिरहेका छन् ।
मनलाग्दी रुपमा क्याम्पसको पैसा बाढिएको बारे कसैले चासो लिएको छैन । यसमा त्रिचन्द्र क्याम्पस र सअृत साइन्स क्याम्पस सबैभन्दा अगाडी छन् । यता, त्रिवि भने सतर्कता केन्द्रको अध्ययन थाहा नभएको मात्रै भनिरहेको छैन,प्राध्यापकहरूले विश्वविद्यालयमा असर नपर्ने गरी अन्यत्र काम गर्न पाउने र सोही अनुसार अनुमति दिनेगरेको दाबी गर्दै आएको छ । प्राध्यापको अध्यापनमा पनि कुनै समस्या नरहेको त्रिबि बताउँछ ।
क्याटेगोरी : खोज / मिसन, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्