Techie IT
Mission Khabar

निरन्तर बिवादित बन्दै तपस्वि बम्जन, आश्रम र हराएकाको खोजिमा जुट्यो सरकार


काठमाडौं– लिटिल बुद्ध भनेर प्रचार गरिएका रामबहादुर बम्जन पछिल्लो समय एकपछि अर्को बिवादमा मुछिएका छन् । कहिले झै–झगडा र कुटपिटमा संलग्नताको आरोप त कहिले यौनजन्य हिंसा अनि बलात्कारीको आरोप । यसरी उनी बिवादित बन्दैछन् ।

एउटी आनी बलास्कृत भएको भन्दै बाहिरिएपछि निरन्तर बिवादमा तानिएका उनै बम्जन बिरुद्ध अहिले तपस्यास्थलबाट हराएकाहरुको खोजी गरिदिन भन्दै आफन्तले उजूरी गरेपछि प्रहरीले आनीहरुको खोजविन र बम्जन तपस्यास्थलको यथार्थ तथ्यांक संकलन सुरु गरेको छ । आफन्त वेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि राज्यले नै तपस्विको यथार्थ खोज्न थालेको छ ।

बम्जनको आश्रमबाट पाँच जना हराएको भनिएपनि आफन्त हराएको भन्दै ३ जनाले प्रहरीमा उजुरी दिएका छन् । बम्जन स्वयमले आनी बन्न पुगेकालाई बलात्कार र अमानवीय दुब्र्यवहार गरेको आरोप अनुसन्धान र छानविनबाट किनारा लाग्ला । तर एकपछि अर्को घटना सार्वजनिक हुनुले भने योगी र त्यागीको भेषमा कतै अपराधले त प्रश्रय पाएको छैन भन्ने प्रश्न उब्जाएको छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्