सेलायो साँढे ३३ किलो सुन प्रकरणको अनुसन्धान, छानविन प्रतिवेदन नै गायब

काठमाडौं–एकाएक हराएको साँढे ३३ किलो सुन भारतमा भेटिएको चर्चा चल्यो । त्यसपछि यो सुन काण्ड प्रकरण शान्त छ । तस्करीसम्बन्धी छाविन समितिले तयार पारेको प्रतिवेदन नै अहिले गुपचुप बनाइएको छ ।
प्रधानमन्त्री केपी ओली सधै तस्करीबारे थप अनुसन्धान गरिने मात्रै बताइरहेका छैनन्, दोषीमाथि कडा कारबाही गर्ने दाबी गरिरहेका छन् । अझ प्रधानमन्त्री त भनिरहेका छन्–भ्रष्टाचार सहिदैन, सुशासन कायम गर्ने अभियानमा छ सरकार । तर ब्यवहारमा अहँ यस्तो पाइदैन् । सनम शाक्यको हत्याको रहश्यसँगै बाहिरिएको साँढे ३३ किलो सुन तस्करी र अनुसन्धानले एकपटक सबैमा तरंग नै ल्याएको थियो । तर अहिले यो अनुसन्धान गन्तब्यमा नपुग्दै सेलाएको छ । गत माघ ९ गते दुबईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन बाटोबाटै हरायो । खोजी भएको भारतमा भेटिएको चर्चा चलेपनि यसको आधिकारिकतालाई पछिल्लो समय कसैले पुष्टि गरेका छैनन ।
बरु, छानबिनको दायरामा आएकाहरु अदालतबाट धमाधम छुटिरहँदा, अनुसन्धान प्रतिवेदन नै गायब बनाइएको छ । गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय अनि प्रधानमन्त्री कार्यालय गृहको दायरामा रहेको भन्दै प्रतिवेदन र अनुसन्धान बारे जानकारी दिन पन्छिरहेका छन् । यसले साँढे ३३ किलो सुन काण्डका नाइके पक्राउ पर्ने सम्भावना टरेको मात्रै छैन् । उच्च राजनीतिक संरक्षणमै भ्रष्टाचार र तस्करी हुन्छ भन्ने आम बुझाइलाई थप बल दिएको छ । संगठीत सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ ? अनुसन्धान कहाँ पुग्यो ? यसबारेमा सरकारले आम नागरिकलाई जानकारी गराउनुपर्छ ।
छानविन समिति बनाउने, आयोग बनाउने अनि यसैको बलमा राजनीतिक संरक्षण पाएका र आर्थिक रुपमा साथ दिएकाहरुलाई चोख्याउने खेलले निरन्तरता पाउनुहुन्न आम नागरिक यहि भनिरहेका छन् । के प्रधानमन्त्री ज्यूले बाँडेको सुशासन र समृद्धीको सपना यसैगरी पुरा होला ? राज्य जनउत्तरदायी र मितब्ययी बन्नुपर्दैन ?
क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्