वाइडबडी घोटाला : महाप्रबन्धक कंशाकार, बहालवाला पर्यटनमन्त्री सहित तीन दर्जनमाथी कारबाही सिफारिस

काठमाडौं–पूर्व पर्यटन सचिव समेत रहका गृहसचिव प्रेम राईलाई क्लिन चिट दिएको सार्वजनिक लेखा समितिले निगम महाप्रवन्धक, दुई पूर्वसहित बहालवाला पर्यटनमन्त्रीलाई वाइडबडी भ्रष्टाचार मुद्धामा कारबाही गर्न सिफारिस गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उपससमितिले संसोधन सहित पेश गरेको प्रतिवेदन पारित गरेको हो ।
महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्याैट गर्ने जिम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक खरिद ऐन २०६३ विपरीत हुने गरी अनियमित तरिकाले विमान खरिद कारबाही अगाडि बढ्दा पनि विभागीय मन्त्रीको रुपमा बहाल रहेको अवस्थामा यथेष्ठ सतर्कता नअपनाएको देखिँदा’ वहालवाला र पूर्वमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको प्रतिवेदनमा सदस्यले आपत्ति जनाएपछि थप संसोधन गरिएको छ । लेखा समितिका सभापति भरतकुमार शाहले पारित प्रतिवेदनमा तीनै जना मन्त्रीलाई कानून बमोजिम कारबाही गर्न सिफारिस गरिएको बताए ।
निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले दिएको कागजपत्रका आधारमा कारबाही सिफरिस गरिएको गृह सचिवलाई उनी वायुसेवा बोर्डको अध्यक्ष भएको बेला निगमको विनियमावलीको दफा २३६ (१) (ख) अनुसार विमान खरिद अगाडि बढाउन उपसमिति मात्र बनाएको र बोलपत्र तयार हुँदा उनी पदमा नरहेको कारण देखाउँदै दोषी मान्न नसकिने उल्लेख गरिएको छ । यता निगम महाप्रबन्धक कंशाकारलाई मुख्य दोषी ठहर गरेको प्रतिवेदनले पर्यटन सचिव, निगमका पदाधिकारी लगायतका तीन दर्जन बढीमाथी छानविन गरेर उपलब्ध प्रमाणका आधारमा कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ ।
लेखाले वाइडबडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितताको ठहर गर्दै प्रतिवेदन तयार गरेपनि कसको जिम्मेवारीमा कति बिगोदाबी भन्ने अनुसन्धान गर्ने जिम्मा अख्तियारको भागमा छाडिदिएको । सरकारले उच्च स्तरिय जाँचबुझ आयोग बनाइसकेको अवस्थामा लेखाको प्रतिवेदनले कस्तो गति पाउँछ यो भने यसै भन्ने अवस्था छैन ।
क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्