Techie IT
Mission Khabar

पूर्व राजदूत लक्की शेर्पामाथी सात महिनादेखी सिआईबीले अनुसन्धान गरेको खुलाशा, उजूरीमाथीको छानविन जारी


काठमाडौं–बर्खास्तीमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सात महिनादेखि अनुसन्धान गरिरहेको खुलेको छ ।

अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट जेठ २ गते पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ कि ३० वर्षीया फुल्हम शेर्पाको बयानका आधारमा पूर्वराजदुत शेर्पामाथी अनुसन्धान र निगरानी बढाइएको थियो । राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउने व्यक्तिहरूसँग पैसा उठाएको बयान फुल्हमले दिएपछि त्यही बेलादेखी अनुसन्धानको दायरामा ल्याइएको सिआईबीले जनाएको छ । फुल्हम राजदूत शेर्पाका पूर्वचालक ओङछु शेर्पाकी श्रीमती हुन् ।

फुल्हम पक्राउ परेपछि श्रीमान् ओङछु र राजदूत लक्कीको मिलेमतोमा असुली भएको खुलेको थियो । अन्ततः छानविन समितिको प्रतिवेदनका आधारमा शेर्पा बर्खास्त भईन् । अहिले सिआईबीले उजूरीमाथीको अनुसन्धान छाडेको छैन ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्