कम्पनी रजिस्ट्रार भित्रको मनोमानी, छैन राज्यको नियमन ब्यतिथि बढ्दैछ जानाजानी

काठमाडौँ–बाटोमा भेट्टाएको नागरिकताबाट दर्ता गरिएको कम्पनीले कर छलेको भेटिएपछि कम्पनी रजिस्ट्रार कार्यालयका तत्कालीन प्रमुख रजिस्ट्रार तोयानाथ अधिकारी फरार भए । यसपछि कम्पनी रजिष्टार कार्यालयका कर्मचारी निरन्तर अनियमितता र बिवादमा फस्दै आएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले सुन्द्रादेवि टेलिटक नामकोे उक्त कम्पनी दर्ता स्विकृति अधिकारीले गरेको निष्कर्ष सहित कम्पनी दर्ता गर्ने, रजिस्ट्रार कार्यालयका विचौलिया, अधिकृत समेतलाई प्रतिवादी बनाएर मुद्धा दर्ता गरेपछि व्यक्ति पक्राउ पर्ने क्रम निरन्तरता पाएको छ । नागरिकता हराएका पाँचथरका लिलाप्रसाद श्रेष्ठको नाममा आन्तरिक राजस्व कार्यालयले ७२ करोड भ्याट र पाँच करोड ९९ लाख रुपैयाँ आयकर बुझाउनुपर्ने पत्र पठाएपछि कम्पनी रजिष्ट्रार कार्यालयको हर्कतको बाहिरिएको थियो । यो भयो फरक काण्ड सोमबारमात्रै त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालय परिसरबाट सहायक रजिष्ट्रार गिताकुमारी पन्थी घुससहित रंगेहात अख्तियारको फन्दामा परिन् । उनले राजस्व रकम कम गरिदिने भन्दै राजधानीकै एक निजी स्कुलसँग १ लाख घुस लिएको खुलेको छ ।
६ महिना अघि सीआईबीको टोलीले एक कम्पनीको कागजपत्र फेला पारि अर्कैको नाममा नामसारी गर्ने र कम्पनीको नाममा रहेको करिब ७० करोड सम्पती हडेप्न खोज्ने गिरोहसँग मिलेको भन्दै कम्पनी रजिष्ट्रार कार्यालयका दुई सहायक रजिष्ट्रारसहित चार जना कर्मचारीलाई पक्राउ गरेको थियो । यहि घटनामा संलग्नताको अभियोगमा पछि उप रजिस्ट्रारहरु धर्मराज रोकाया र गंगाधर पौडेल पनि पक्राउ परे । शंकर इलेक्ट्रिक इन्डस्ट्रिजका मालिक रामनारायण जटियाका सम्पुर्ण डकुमेन्ट हात पारि सोही कम्पनीमा डेढ दशकदेखि काम गरेका जितबहादुर मगरले विचौलिया, कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारी समेतको मिलेमतोमा उक्त कम्पनी आफ्नो नाममा गराएका थिए ।
यी भए केही खुलेका तथ्य । अहिले पनि कम्पनी रजिस्ट्रारको कार्यालय व्यक्तिगत सेवा लिन पुग्नेहरुका लागि भन्दा बिचौलीयाका लागि सहज छ । व्यक्तिलाई यो मिलेन त्यो मिलेन भन्ने बहानामा दुःख दिने कार्यालयका अधिकारीहरुले नियमित उठबस गर्ने बिचौलीयाको काम किन निशंकोच गरिरहेका छन् ? सरकारको ध्यान यतातिर पुग्न जरुरी छ । हैन भने कम्पनी रजिस्टारका लाममा भैरहेको लुटको छुट र कर्मचारी पक्राउ गर्ने र मुद्धा चलाउने प्रचलनले निरन्तरता पाउँदा सेवाग्राहीको सास्ती झनै बढ्नेछ ।
क्याटेगोरी :
खोज / मिसन,
देश / प्रदेश,
समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्