Techie IT
Mission Khabar

कानुन मिचेर विदेशमा लगानी गर्ने ५५ जना नेपाली, संलग्नता र साँठगाँठको खास खुलासा (भिडियो डायरी)


काठमाडौं–विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरूसम्म छन् ।

अवैध धनको ओसारपसार कसरी भइरहेको छ र यसमा को को छन् भन्ने यहाँ देखाउँन खोजिएको हाृ । कानूनतः गैरआवासीय नेपालीले विदेशमा लगानी गर्न पाउने भए पनि कर प्रणाली र सुशासनका दृष्टिले कमजोर मानिने ब्रिटिश भर्जिन आइल्याण्डस् जस्ता मुलुकमा कम्पनी खोल्ने र त्यहाँबाट नेपालमा लगानी भित्र्याउने हदैसम्मको हर्कद भेटिएको छ ।

कर सुशासन र राम्रो आर्थिक प्रणाली भएको मुलुकमा गैरआवासीय नेपालीले गरेको लगानी यहाँ समावेश छैन । गैरकानूनी आर्जनको माध्यमबाट सत्ता र शक्तिमा बसेकाहरूसँग मिलेमतो गरेर लोकतान्त्रिक शासन प्रणालीलाई नै विकृत बनाउने यो वित्तीय अपराधमा मुलुक भित्र र बाहिरका को–को संलग्न छन् त ?

अजेयराज सुमार्गी, उपेन्द्र महतो, महतो श्रमती समता, भाई विरेन्द्र आईएमी ग्रुपका प्रमुख चन्द्रप्रसाद ढकाल, पर्यटन व्यवसायी राजेन्द्र बजगाई, चिनी उद्योगी शशिकान्त अग्रवाल होटल मल्लकी रमा मल्लसँगै बाँकी लगानीकर्ताको खुलाशा माथिको भिडियो रिपोर्टमार्फत…..


क्याटेगोरी : खोज / मिसन, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्