गाउँमा सरेको सिंहदरबारको उपहार, सिङ्गो गाउँ नै लालपुर्जाविहीन
कपिलवस्तु– एउटा गाउँ नै लालपुर्जाविहिन छ भन्दा पत्याउन गाह्रो पर्ला । तर हाम्रो देशमा यस्ता समस्या पटक–पटक देखिदै आएका छन् । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–८ मा पर्ने देवीपुर गाउँमा यस्तै समस्या छ । जुन गाउँ नै लालपुर्जाविहीन छ ।
विसं २०५९ मा बस्ती विस्तार भएको यहाँ करीब १ सय १९ घरपरिवारको बसोबास रहेको छ । विसं २०६४ को कपिलवस्तु घटनामा विस्तापित भएकालाई पुनस्र्थापना गरी निर्माण गरिएको यो बस्तीले एकदशक पारगर्दा पनि लालपुर्जा समस्या समाधान भएको छैन । विसं २०६४ को घटनामा उजाड बनेको सो गाउँमा कारितास नेपाल र सहज नेपालले पुनर्वासका लागि करीब ५५ लाख लागतमा १ सय २३ घर निर्माण गरेर बस्ती बसाईएको थियो । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारी लालपुर्जाको समस्या स्थानीय सरकारले समाधान गर्न नसक्ने भएकाले आश्वासन दिने बाहेक केही गर्न नसकेको स्विकार गर्छन ।
यति लामो समयसम्म नेपाली नागरिक नै आफ्नो माटो र भूगोलसँगै टाढा रहनुपर्ने अवस्था देशकै बिडम्बना हो । जनताको मतबाट सत्ताको सिढी चढ्नेहरुले एक पटक देवीपुरको पीडालाई हेर्ने हो कि । आफ्ना नागरिकप्रतिको उत्तरदायीत्वबोध कहिले गर्ने सरकारले ?
क्याटेगोरी : ओझेलका पात्र, खोज / मिसन, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्