Techie IT
Mission Khabar

एनसेल भर्सेस सरकार : १७ बर्षदेखी कर छली, सर्बोच्चको फैशलापछि उठ्ला त ७३ अर्ब बढी कर ?


काठमाडौं– निजी क्षेत्र त्यसमाथी पनि अधिकांश लगानी विदेशी रहेको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले झन्डै १७ वर्षदेखि कर छल्दै आएको खुलाशा भएको छ । २०५८ असार ७ मा मेरो मोबाइल नामबाट सेवा सुरु गरेको एनसेलले सेयर बिक्रीको नाममा कर छल्दै आएको खुलेको हो ।

एनसेलको कर छली शृंङखला १७ वर्षमा १२ पटक दोहोरिएको छ । अझ, तीन वर्षअघिदेखि एनसेलले आफ्नो सेयर बिक्रीमा लाभकर तिरेको छैन । जुन विवाद अहिले अदालतको समेत बहश बन्दैआयो । बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरू मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तानको बृहत् पूर्ण इजलासले परमादेश जारी गरेसँगै एनसेल र अजिएटाबाट कर असुली गर्ने बाटो खुला भएको छ । यौ फैशलापछि अब एनसेल र अजिएटा कम्पनीले सावाँ ब्याज गरेर ७३ अर्बभन्दा बढी कर तिर्नुपर्ने देखिन्छ ।

एनसेल बिक्री प्रकरणमा ठूला करदाता कार्यालयले १ खर्ब ४४ अर्ब रुपैयाँ बिक्री मूल्य आधार मानेर यसअघि कर निर्धारण गरिसकेको छ । जहाँ टेलियासोनेराका नाममा ३५ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ कर, १८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ जरिमाना र ६ अर्ब ७३ करोड ३७ लाख ब्याज गरी १३ असार २०७४ मा ६० अर्ब ७१ करोड २४ लाख रुपैयाँ कर निर्धारण गरिएको छ । यता, सर्वोच्चको फैशलाले टेलियासँग नभई एनसेल र त्यसमा हित राख्ने अजिएटासँग लाभकर उठाउन आदेश दिएपछि अब ठूला करदाताले निर्धारण गरेको करका आधारमा यसअघि एनसेलले दुई किस्तामा भुक्तानी गरेको रकमलाई घटाएर बाँकी कर चुक्ता गर्नुपर्नेछ । यो फैशलाले राजनीतिक लाभ र आडमा जे पनि गर्न पछि नपर्ने व्यवसायीक घरानालाई झड्का दिएको छ भने न्यायालयप्रति आशा र विश्वास बढाएको छ ।

कानुन मातहत रहेर व्यवसाय गर्ने छुट सबैलाई हुनुपर्छ, पैसा, पहुँच र शक्तिको बलमा हुने गलत काम रोक्न राज्यसँगै आम नागरिक हातमा हात मिलाएर अघि बढ्नुपर्छ । सेवा वा सुविधाका नाममा नेपाल र नेपालीसँग करोडौँ असुल्ने अनि आफू मात्रै कमाएर कर छल्ने युगको अन्त्य होस् ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्