Techie IT
Mission Khabar

आर्थिक अपचलनमा चिनियाँ व्यवसायी, कारबाही गर्न खुट्टा कमाउदै सरकार 


काठमाडौं–पछिल्लो समय नेपालमा चिनियाँ लगानी बढ्दो क्रममा छ । अपार्टमेन्टमा होस्, वा हाइड्रो अनि होटलमै किन नहोस चिनियाँ नागरिकले अर्बौ लगानी गरेका छन् । उच्च बर्गका व्यापारिहरुको ध्यान युरोप लगायतका विकसित राष्ट्र भैरहदा मध्यम बर्गिय उद्योगीहरुको ध्यान नेपालतर्फ छ । यहाँ लगानी बढ्नु उद्योग व्यवसाय फस्टाउनु सकारात्मक हो । तर नेपालमा भैरहेको चिनियाँ लगानीले वित्तिले अपचलन बढाएको पाइएको छ ।

चिनियाँ नागरिकले सञ्चालन गर्ने होटेल तथा पसलहरूले विच्याट तथा अलिपेजस्ता चिनियाँ डिजिटल वालेटमार्फत भुक्तानी लिदा यस्तो अपचलन पाइएको हो । खासगरी नेपाल घुम्न आउने चिनियाँ पर्यटकसँग उनीहरूले चिनियाँ डिजिटल वालेटमार्फत नै भुक्तानी लिदा कारोबारको रेकर्ड समेत रहँदैन । भुक्तानी सीधै चीनकै खातामा जानु अबैधानिक हो । यस्तो विद्युतिय कारोबारका लागि नेपाल राष्ट्रबैंकको अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था भएपनि यहाँ व्यवसाय गर्ने चिनियाँहरु कसैले पनि अनुमति लिएका छैनन् । वित्तिय अपचलनको समस्या सबैभन्दा बढी चिनियाँभाषीकै होटेल तथा पसलबाट धेरै भएको पाइन्छ । ठाउँ बिशेषलाई आधार मान्ने हो भने ठमेल क्षेत्रमा यस्तो कारोबार बढी हुँदैआएको छ ।

विच्याट र अली–पेजस्ता डिजिटल वालेट नेपालमा दर्तासमेत नभएको अवस्थामा चिनियाँ व्यवसायीले यसै मार्फत विदेशी मुद्रा अपचलन गरिरहेका छन् । यसबारे राज्यका निकाय बेखबर छन्, वा थाहा पाएर पनि गुपचुप ? कानुन र सर्तनामा मान्छुभन्दै दर्ता भएर व्यवसाय गर्ने सो सुकै हुन कानुनी कारबाही गर्न राज्यले हिम्मत गर्नुपर्छ । हैन भने हाम्रो अर्थतन्त्र तहसनहस पार्नेगरि बैदेशिक हस्तक्षेप नहोला भन्न सकिन्न् ।


क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्