Techie IT
Mission Khabar

बालुवाटार किनबेचमा शासक प्रशासकसँगै अख्तियारसम्मको हात, निश्पक्ष छानविनमा आशंका


काठमाडौं–बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातको निर्णायक भूमिका रहेको पाइएको छ । तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण भेटिएपछि बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रियामा अख्तियारका पूर्वप्रमुख बस्न्यातको संलग्नता खुलेको हो ।

बालुवाटारको करिब १ सय १३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न व्यक्तिका नाममा दर्ता भएपनि करिब ३५ रोपनी खाली नै थियो । यही खाली जग्गाको बीचबीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाइ व्यक्तिका नाममा दर्ता गरिएको हामीलाई प्राप्त विभिन्न कागजात र तथ्यबाट खुलेको छ । यहाँ रहेका राजकुलो र बाटोका जग्गालाई नक्कली मोहीका नाममा दर्ता गराउन पहल गर्नेमा बस्न्यातको भुमिका सबैभन्दा बढी संकास्पद पाइएको छ । मोही हट्ने र पुनः कायम हुने अवस्था पनि यहिबाट सुरु भएकाले उनीसँगै ठूलै साँठगाँठ गर्नसक्ने माफियाहरुको चलखेलमा बालुवाटारको सरकारी जग्गा किनबेच भएको हो भन्न कत्तिपनि गाह्रो छैन ।

बालुवाटारको जग्गा लुटमा संलग्न जतिसुकै शक्तिशालि भएपछि छुट पाउनुहुन्न । सरकारी जग्गामा शासक प्रशासककै संलग्नतामा चलिरहेको लुट रोक्न अहिले हिम्मत गरिएनभने हाम्रा टोल टोलमा पुगेका सरकारले भोली खाली बचेकुचेका सरकारी पर्ती जग्गा सबै सिध्याउनेमा दुईमत छैन । ठेक्कापट्टामा माहिर जनप्रतिनिधिको अबैध धन्दा र साँठगाँठ रोक्न पनि हिम्मत गर्ने कि प्रधानमन्त्री ज्यू ?


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्