Techie IT
Mission Khabar

बालुवाटारको जग्गा लुटमा हाइप्रोफाईल कनेक्सन, देउवाको कनेक्सन खोज्दा पूर्वप्रधानमन्त्री नेपाल पनि शंकाको घेरामा


काठमाडौं– बालुवाटार जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम मुछिएको छ । वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा भ्रष्टाचार भएको छ भनेर संसदमा आवाज उठाउने देउवाको नाम वाइडबडी खरिदमा जोडिएपछि कारबाही प्रक्रिया नै प्रभावित भएको थियो । उनै देउवाले सोमबार संसदमा बालुवाटार जग्गाको विषयमा आवाज उठाए । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजानमा देउवाको जिम्मेवारी समेत रहेको देखिएको छ ।

२०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्दा गृहमन्त्रीको जिम्मेवारीमा थिए देउवा । कृष्णप्रसाद भट्टराई नेतृत्वको यसअघिको मन्त्रिपरिषद्ले बालुवाटारको जग्गा अतिक्रमण बारे छानविन गर्ने काम अघि बढाएको थियो । गृहमन्त्रालयले पाएको जिम्मेवारीमा देउवा पुगेपछि यो अनुसन्धान यतिकै सेलायो । सरकारले दिएको निर्देशन र कार्यदेशअनुसार गृहमन्त्रालयले छानबिन गरेको भए १ सय १३ रोपनी जग्गा व्यक्तिको नाममा जाने अवस्था नै आउने थिएन् । तत्कालिन समयमा गृह मन्त्रालयले बालुवाटारको जग्गा हिनामिना बारे किन अनुसन्धान गरेन ? मन्त्रीका हैसियतामा शेरबहादुर देउवाले कदम नचाल्नुले कतै उनकै मिलेमतोमा वा लाभ लिएर माफियालाई बचाउन त खोजिएको छैन भन्ने प्रश्न उब्जिनुलाई स्वभाविक मानिएको छ ।

यता, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पालामा भएका केही निर्णय पनि शंकास्पद देखिएका छन् । पूर्व सचिव छानविनको दायरामा तानिइसकेका छन् । विगतदेखी वर्तमानसम्म को प्रधानमन्त्री, कुन—कुन मन्त्री र कर्मचारीले गल्ती गरे ? किनबेचमा क—कस्को साँठगाँठ देखियो ? सबैमाथी अनुसन्धान र कारबाही हुनुपर्छ । बालुवाटार अतिक्रमण एक दुई जनाको आँटले मात्रै सम्भाव भएको छैन । यसका सबै मतियारलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनुहुन्न । चाहे आफ्ना परुन चाहे पैसा र शक्तिवाला बदमास सबैलाई कठघरामा उभ्याइयोस् ।


क्याटेगोरी : खोज / मिसन, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्