Techie IT
Mission Khabar

बालुवाटारको अतिक्रमित जग्गा सरकारको नाममा आउँदै, मन्त्रीपरिषद्मा प्रस्ताव लग्ने तयारी


काठमाडौं–सरकाले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गरेर आफ्नो नाममा ल्याउने तयारी थालेको छ । भूमिव्यवसथा सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको बताएकी हुन् ।

मन्त्री अर्यालले भनिन्, ‘ललितानिवासलगायत देशभर व्यक्तिका नाम गैरकानुनी ढंगबाट हडपिएका जग्गा सरकारको नाममा फर्काउन प्रक्रियालाई तिब्रता दिइएको छ, गति बढ्छ रोकिन्न ।’

हडपिएको ४५० कित्ता जग्गा सरकार मातहत ल्याउने प्रस्तावलाई मन्त्रालयले अन्तिम स्वरुप दिएको बताइएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानुनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउन प्रस्ताव मन्त्रिपरिषद मार्फत पारित भएपछि प्रक्रिया अघि बढ्नेछ । आगामी मन्त्रिपरिषद बैठकमा अतिक्रमित सार्जजनिक जग्गा सरकारको मातहतमा ल्याउने गरी प्रस्ताव पेस हुने बताइएको छ । अहिले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको टेबुलमा प्रस्ताव छ । प्रस्ताव सचिव गोपीनाथ मैनालीले तयार गरेका हुन् ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्