निरन्तर उल्लंघन भैरहेको लकडाउन डायरी, सरकारले कार्यान्वयन गर्न जानेन वा नागरिकले मानेनन् ?

पुण्य प्र.धमला, काठमाडौं । कोरोनाको महामारी रोकथामका लागि भन्दै सिंगो देशलाई लकडाउन गरिएको एक महिना बढी भयो । तर यो बीचमा लकडाउन उल्लंघन गर्ने धेरै गतिबिधि भएको सरकारले देखेन । बरु सरकारले शहरका सडकमा हिड्ने पैदल यात्रुलाई केही घण्टा नियन्त्रणमा लिएर छाड्ने तथा सडकमा मोटरसाईकल र गाडी लिएर हुईकिने केहीलाई नियन्त्रणमा लिएर लक डाउन सफल भएको समिक्षा गरिरह्यो ।
लकडाउन अत्यावश्यक काम बाहेक कसैलाई पनि घर बाहिर ननिस्कन जारी गरिएको आदेश । तर काठमाडौं उपत्यका सहित देशैभरका शहरका सडकले कहिल्यै पनि सवारी साधनबाट बिश्राम पाएनन् । बरु पछिल्लो समय सडकमा सवारी चाप बढीरहँदा पास बिना हुईकिने बढेका हुन वा पास मनलाग्दी रुपमा नेता र कर्मचारीका चिनेजानेकाले पाए भन्ने प्रश्न उब्जाएको छ ।
सरकाले सवारी पास बितरण गर्दा समेत भीडभाड नगर्ने नगराउने आफ्नै आदेश उल्लंघन गरेर पास बाढ्यो । जिल्ला प्रशासन कार्यालयमै भीडभाड गर्न पाएकालाई अन्यत्र भीडा गराउन मनोबल बढ्यो ।
यो प्रतिनिधि घटना मात्रै होइन्, लक डाउन दोश्रो पटक थपिएदेखी नै उल्लंघन सुरु भयो । काठमाडौंबाट हुलकाहुल ज्याला मजदुरी गर्नेहरु पैदल नै हिडेर घर फर्किए । उनीहरुको बाध्यताको यात्राले लक डाउन मिचेको कसैले पत्तो पाएनन वा नदेखेजस्तो गरियो ।
अझ, यसरी पाँच सात दिन पैदल हिडेर घर फर्किनेहरुको पीडा सञ्चारमाध्यमले उजागर गरेपछि त विभिन्न स्थानीय तह, सांसद तथा नेता, मन्त्रीले गाडी नै मगाएर काठमाडौंबाट विभिन्न सर्वसाधारणको उद्धार भन्दै घर घरमा पुर्याउने काम गरे । सरकारले सबै नागरिकलाई जहाँको त्यही बसेर लकडाउनलाई सहयोग गर्न भनेपनि यसरी काठमाडौं छाड्नेहरु रोकिएनन् ।
बरु बाहिरि जिल्लाबाट समेत गाडी तथा यात्रुहरु काठमाडौं भित्रिने क्रम सुरु भयो । प्रदेश एकको बिराटनगरबाट काठमाडौं आएका १६० यात्रुलाई नाकढुंगा नाकामा ओरालेर रित्तो बस पठाइयो । पैदल नै हिडेर कष्टकर यात्रा गर्ने कतिपय यी नागरिक घर पुगिसकेपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौंले आवश्यक समन्वयन नभएको भन्दै उतै फर्काउने आदेश दियो । आखिर काठमाडौं उपत्यकाबाट गाउँ पठाउँदा कहाँ कहाँ समन्वय भयो ? समन्वय अभावको प्रश्न काठमाडौं, यहाँका नेता, मन्त्रीसँगै विभिन्न स्थानीय तहका जनप्रतिनिधिले उठाउने काम गरे ।
लक डाउनमा रासन, तरकारी, दुध लगायत किनमेलका लागी कतै बिहान मात्रै केही घण्टा त कतै बिहान बेलुका केही घण्टा बजार पसल खोल्ने अनुमति दिइएको छ । पसलमा लाग्ने मेला जस्तो भीड नियन्त्रण प्रहरीका लागि टाउको दुखाई बनिरहेको छ ।
राहत बितरणमा गुनासो त छदैछ, भीडभाड सहित लाईन लाग्ने आम प्रबृत्तीले निरन्तरता पाइरहेको छ । गासका लागि लाग्नुपर्ने बाध्यताको लाईनले समेत जोखिम बढाएको कसैले ख्याल गरेनन वा देखेर पनि आ होस् यस्तै हो भनेर बेवास्ता गरिदैछ ?
अझ, चोक गल्लीमा भेला भएर गफ गाफमा रमाउने प्रबृत्ति कायमै । के कोरोना थप फैलियो र समुदायस्तरमा पुग्यो भने आम नागरिकले गर्दै आएको यो हदसम्मको बेवास्थाले लकडाउनलाई सफल बनाउला ? जताततै बढ्दैगरेको लकडाउनको मनलाग्दी अनि माथीदेखी तलसम्म भैरहेको दुरुपयोग रोक्ने दायीत्व सरकारको मात्रै होइन्, अत्यावश्यक काम बाहेक घरमै बसौँ कोरोनाको सम्भावित महामारीबाट बच्न तपाई हामी हरेक नागरिक सचेत बनौँ ।
क्याटेगोरी : खोज / मिसन, यातायात / यात्रा
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्