लकडाउनमा घट्दै आत्महत्याका घटना, मनोचिकित्सक भन्छन्- लकडाउनपछि भयाबह हुनसक्छ सचेत बनौँ

काठमाडौं । सरकारले पूर्व सुचना बिनै कोरोना रोकथामकालागि भन्दै सिंगो देशलाई लकडाउन गरेको डेढ महिना पुग्न लाग्यो । सबैलाई अत्यावश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कन आग्रह गर्दै जारी गरिएको लक डाउनको उद्देश्य कोरोनाको महामारी फैलिन नदिनु भएपनि यसको असर चैतर्फी देखिएको छ ।
लकडाउनको मौका छोपेर उपत्यकामा कतिपय राम्रा काम भैरहँदा आत्महत्या गर्नेहरुको संख्यामा पनि केही कमी आएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पछिल्लो तथ्याङ्क अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा चैत महिनामा १९ जनाले आत्महत्या गरेका छन् । लकडाउनको सुरुवातदेखि वैशाख १९ गतेसम्मको अवधिमा काठमाडौँमा ११ जना, ललितपुरमा ३ जना, भक्तपुरमा १ जनाले झुण्डिएर आत्महत्या गरेको र काठमाडौँमा १ जना, ललितपुरमा २ जनाले विष सेवन गरेर आत्महत्या गरेको पाइएको छ । यस्तै, ललितपुरमा भने एउटा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको रेकर्ड छ । लकडाउन अघि फागुन महिनामा नै उपत्यकाका तीन जिल्लामा २७ आत्महत्या सम्बन्धि घटना घटेका थिए ।
चैत महिनामा आत्महत्याका घटनामा कमी देखिनुको मुख्य कारण लकडाउन भएको विश्लेषण गरिदैगर्दा यसले भोलिका दिनमा भने ठूलो असर निम्त्याउने आँकलन गर्न थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका आयुक्त विश्वराज पोखरेलले लकडाउनको समयमा परिवारका सदस्यहरु एकै ठाउँमा रहने र घर बाहिर निस्कन नपाइने भएका कारण मानिसहरुमा आत्महत्याको मनसायमा कमी आउँदा संख्यामा समेत कमी आएको बताए । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पनि विगतको तुलतामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आउनु पारिवारिक जमघट र अनावश्यक साथी संगतको संगतबाट छुटकारा पाउनु मुख्य कारण रहेको बताए ।
प्रहरीले लकडाउनका कारण आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको दाबी गरिरहँदा मनोचिकित्सकहरु भने लकडाउन खुल्ने बित्तिकै आत्महत्या गर्नेहरुको संख्या भयाबह हुनसक्ने बताउँछन् । बरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठ भन्छन् -‘आत्महत्या घट्नु क्षणिक समयका लागि पोस्टपोन्ड मात्रै हो । परिवारसँग बसिरहँदा परिवारका अन्य सदस्यले ख्याल राख्दा मनोरोगीले एक्लै हुन पाएका छैनन् । झुण्डिनका लागि ठाउँ पाएका छैनन् । औषधि सेवन गर्नका लागि बाहिर निस्कन पाएका छैनन । कतै उचाईबाट खस्न वातारण पाएका छैनन । लकडाउन खुलेपछि नेपालमा मात्रै होइन्, विश्वका विभिन्न देशमा रोजगारी गुमाउने र असहज परिस्थितका कारण आत्महत्या गर्नेहरुको संख्या भयाबह हुनसक्छ ।’
लगनखेलस्थित मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अनन्त अधिकारीले समेत डा. श्रेष्ठको आँकलन उचित भएको भन्दै ८० प्रतिशत आत्महत्या कुनै न कुनै मानसिक रोगसँग जोडिएर हुनेगरेको बताए । नेपालमा लकडाउन भन्दा अगाडिको तथ्याङ्कले नै देशभर दिनमा १५ १६ जनाले आत्महत्या गर्ने गरेको देखाएको छ । व्यक्तिगत तथा पारिवारिक रुपमा व्यहोर्नुपर्ने समस्याले पछिसम्म मनोवैज्ञानिक, आर्थिक, सामाजिक रुपमा समस्या उत्पन्ने गर्ने, लकडाउन सकिने बित्तिकै मानिसहरुमा आफ्नो भविष्य प्रतिको अनिश्चितता, जागिर तलबको चिन्ता लगायतले डिप्रेसन, एन्जाइटी, मनोसामाजिक समस्या धेरै देखिने हुँदा यसले मानसिक स्वास्थ्यमा गम्भिर समस्या निम्त्याउनसक्छ ।
लकडाउन खुल्नेबित्तिकै आत्महत्याको केस बढ्ने भएका कारण उक्त समयमा सबै जना सचेत र साबधान बन्नुपर्ने देखिन्छ । आत्महत्या गर्नेको संख्या तत्काललाई कमी देखिएपनि कोरोना भाइरस र महामारी रोक्न गरिएको लकडाउनका कारण मनोवैज्ञानिक रुपमा देखापरिरहेका तथा पर्ने असर निवारणका लागि राज्य, उद्योगी व्यवसायी, परिवार र स्वयम नागरिक बेलैमा गम्भिर बनौँ ।
क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्