लकडाउनमा भएका यस्ता गल्ती, जसले कोरोनाको जोखिम बढाए (फोटो डायरी)

काठमाडौं । दिनप्रतिदिन कोरोना संक्रमित बढिरहदा सिंगो देश लकडाउन छ । सरकारले कोरोना पहिचान तथा नियन्त्रणका लागि लागू गरेको लकडाउन आखिर के का लागि त ? लकडाउनसँगै संक्रमित पनि बढ्दैगर्दा धेरैले यस्तै यस्तै प्रश्न गर्न थालेका छन् ।
बाह्य तथा आन्तरिक उडान बन्द, सार्वजनिक यातायात, बजार, पसल केही केही बाहेक अधिकांश बन्द । नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति, तरपनि बढिरहेको छ कोरोना महामारी ।
लकडाउनमा सरकार र नागरिकले गरेका केही गल्ती औँल्याउने फोटो डायरी नियालौँ …
नेपाल भारत सीमा सिल, तर सधै सीमानाकामा स्वदेश फर्किनेहरुको भीडभाड, खुल्ला सीमाबाट लुकछिपि आउनेहरु हजारौँ
लकडाउन भीडभाड नियन्त्रण गर्न अत्याबश्यक काम बाहेक घरमै बस्न जारी गरिएको बाध्यकारी आदेश, तर बजार र पसलमा भीडभाड
कतै राहत नपाएको गुनासो, कतै जोखिम बढाउने गरि सर्वसाधारणको ठेलमठेल
धेरै दिनसम्म पैदल हिडेर सामाजिक दूरीको बेवास्ता गर्दै घर फर्किनुपर्ने बाध्यता
सांसद र स्थानीय तहको मजदुर उद्धारको होड, भीडभाड गराएर गाडीको यात्रा
सरकारले एक त कोरोनाको अवस्था पहिचान गर्न जाँचलाई तिब्रता दिन सकेन् । अर्कोतर्फ लकडाउनमा भैरहेका जोखिमयुक्त गतिबिधिलाई समयमै नियन्त्रण गर्न र नागरिकमा चेतना जगाउन सकेन । यी र यस्ता बिबिध कमजोरीले नेपालमा कोहोरानाको महामारी थप बढ्ने आँकलन गरिदैछ ।
क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्