Techie IT
Mission Khabar

जुवाको खालमा ठूला व्यापारिक घरानीया, कोरोनाको कहरमा देश र जनता

यस्तो छ, सोमबार साँझ पक्राउ परेका जुवाडेको प्रोफाइल


कोरोना कहरमा सरकारसँगै आम नागरिक रुमलिएको तीन महिना बढी भयो । कोरोना रोकथामका लागि भन्दै गरिएको र जारी राखिएको लकडाउनले बजार पसल बन्द हुँदा अधिकांश नागरिकको जनजीवन कष्टकर बनिरहेको छ ।

सरकारपनि कोरोना रोकथाम परिक्षण र उपचारमा क्रियाशिल नै छ, भलै गर्नुपर्ने जति गर्न सकेको छैन । तर सामाजिक उत्तरदायीत्व सहित सरकारलाई सघाउनुपर्ने व्यवयासीहरु भने जुवा खालबाट पक्राउ पर्न थालेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गले गोप्य सुचना पछ्याउँदै सोमबार साँझ कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट ९ जनालाई पक्राउ गर्यो । यसरी जुवाखालबाट पक्राउ पर्नेमा अधिकांश ठूला व्यापारिक घरानियाहरु छन् ।

भीआइपी जुवाखालबाट पक्राउ पर्ने व्यापारिक घरानीयाहरु

१. भारतीय नागरिक मिक्की (जोगाई गनगोर रिजेन्सी बुटिक होटल सञ्चालक)

२. रामचन्द्र संघाई (त्रिवेणी ग्रुपका मालिक तथा एनआईसी एसिया बैंकका सञ्चालक )
नेपाल सरकारको महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मानबाट विभूषित गरिएका उनी सुवास संघाईका भाइ हुन् ।

३. अशोककुमार अग्रवाल (विशाल ग्रुपका मालिक तथा गिनीका अवैतनिक महाबाणिज्यदूत )
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक रहेका अग्रवाल, विभिन्न इन्स्योरेन्स कम्पनी, बैंक, वैदेशिक व्यापार (आयात)मा संलग्न छन् ।

४. विमल आउजा (विशाल ग्रुपका सञ्चालक) 

५.पुरुषोत्तम अग्रवाल घिराइया (कपडा ब्यापारी )

६.गोविन्दराम सरिया (झापास्थित चिया उद्योगी)
उनीमाथी उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएको आरोप बारम्बार लाग्दै आएको छ ।

७. नन्दकिशोर शर्मा (ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष)

८.सुरेश अग्रवाल (सूर्या लाइफ इन्स्योरेन्सका संचालक)

विमलकुमार खेतान समेत विभिन्न उच्च व्यापारिक घरानियासँगै जोडिएका र आफ्नो व्यवसाय समेत रहेका व्यक्ति हुन् ।

राजनीतिक दबाबमा मिलेको हिरासत छुट

कोरोेनाको कारण फौजदारी अभियोग लागेका बाहेकलाई थुनामा नराख्ने सरकारी निर्णय अनुसार जुवा खालबाट पक्राउ परेकाहरुले जिल्ला प्रशासन कार्यालयमा पुगेर हाजिरी जमानीमा छुट्ने मौका पाएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनीहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा प्रहरी नै उनीहरुलाई हाजिरी जमानीमा छाड्न अग्रसर देखिएको हो ।

पक्राउ परेदेखी नै उनीहरुलाई छोड्न प्रहरीमाथी नेता, व्यापारी लगायतबाट दबाब परेको थियो । उनीहरु आफैले दिर्घरोगी भएको बहानाबाजीमा अस्पताल बसेर हिरासदबाट बच्ने रणनीति अख्तियारी गरिरहेका थिए । ठूला व्यापारिक घरानीयाहरु जुवाखालबाट पक्राउ परेको घटनालाई महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामला ज्ञवालीले नै जुवातास गम्भिर प्रकृतिको अपराध नभएको भन्दै सामान्य रुपमै लिनुपर्ने बताएका छन् ।

यस्तो छ कानुनी व्यवस्था

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद– ५ को दफा १२५ को जुवा तास सम्वन्धि कसुममा पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ । यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना गर्ने कानुनी व्यवस्था छ ।

ताहाचल कलश हाउजिङसंगै छाउनी जाने बाटोमा रहेको राजु जटियाको घरमा समेत दैनिक जुवा तास खेल्ने गरेको गोप्य सुचना पाएको प्रहरी रिमोटवाला गेट, अग्लो पर्खाल र सिसीटिभी जडान भएका कारण जेठ १७ गते शनिबार यत्तिकै फर्कियो । जटियाको सो घरमा जीवन अग्रवाल, शिव अग्रवाल, राजु जटिया, प्रमोद चाचान, विजय पोद्दार समेतका मारवाडी व्यापारीहरू तास खेल्दै आएको सूचना पछ्याएको प्रहरीले निगरानी बढाएपनि छापा हान्न अझै सकेको छैन ।

गत असोजमा समेत महाराजगञ्ज प्रहरीले २५ जना ठूला व्यवसायीलाई जुवा खेल्दाखेल्दै ३ करोड नगदसहित पक्राउ गरेको थियो । उनीहरु करिब १ महिना थुनामा बसेर सप्त्ति सुद्धीकरण समेतको सामना गर्दै मोटो रकम धरौटी बुझाएर छुटेका थिए । लक डाउनको समयमा समेत काठमाडौंको बौद्ध लगायतका केही स्थान र देशका विभिन्न स्थानमा जुवा तास खेल्ने तथा खेलाउनेहरु पक्राउ परिरहेका छन् । जुवा मुद्दा हेर्ने क्षेत्राधिकार अर्ध न्यायिक निकाय जिल्ला प्रशासन कार्यालयसँग भएकाले शक्ति र पँहुचका आधारमा सामान्य धरौँटीमा जुवाडेहरु छुट्दै आएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, देश / प्रदेश
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्