Techie IT
Mission Khabar

न्याय हेल्थ नेपालले गर्यो ७० जना कर्मचारीको पुनर्वहाली


सुरज बस्नेत । दोलखा काठमाडौं । मिसन खबरको निरन्तरको खबर दबाबपछि न्याय हेल्थ नेपालले आफूले सञ्चालन गरेका दुई अस्पतालबाट निकालिएका कर्मचारीको पुनर्वहाली गरेको छ । चौतर्फ दबाबपछि न्याय हेल्थ नेपालले अछामको बयलपाटा अस्पताल र दोलखाको प्रस्तावित चरिकोट अस्पतालबाट आर्थिक अभावलाई कारण देखाउँदै निकालिएका ७० जना कर्मचारीको पुनर्वहाली गरेको हो ।

 

न्याय हेल्थ नेपालको विज्ञप्ती

जेठ १२ गते कामबाट निकालिएको पत्र थमाइएका अछाम साँफेबगर नगरपालिका ६ का सिद्धार्थ आउजीले जागिर गुमेपछि परिवार कसरी पाल्ने भन्ने तनावले आफैमाथी पेट्रोल छर्किएर आत्मदाह गरेका थिए । उनीसँगै अछामको बयलपाटा अस्पतालबाट निकालिएका ३३ जना कर्मचारीले निरन्तर न्याय हेल्थ नेपाललाई दबाब दिदै आए । चार वर्षअघि मुम्बईबाट फर्किएर एक वर्षदेखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका आउजीको आत्मदाहले न्याय हेल्थ नेपालमाथी थप दबाब पर्यो । बयलपाटा अस्पतालमा मात्रै होइन दोलखाको प्रस्तावित चरिकोट अस्पतालमा समेत न्यायहेल्थ नेपालले १९ जना स्वास्थ्यकर्मी सहित ३७ कर्मचारीलाई जागिरबाट निकालेको थियो । उनीहरु अन्यायपूर्ण तरिकाले जागरिबाट निकालिएको भन्दै निरन्तर आन्दोलनमा होमिए ।

न्याय हेल्थ नेपालमाथी विभिन्न दातृ निकाय र संघ संस्थाको सहयोग रकम दुरुपयोग गरेको, अनावश्यक शिर्षकमा खर्च गरेर अनियमितता गरेको र निशुल्क स्वास्थ्य सेवा दिन्छु भन्दै स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेर सञ्चालन गरेका अस्पतालमा बिरामीबाट उपचार शुल्क लिदै आएको आरोप लागेपनि अनुसन्धान र कारबाही भएको छैन । न्याय हेल्थले लकडाउनको समयमा कर्मचारी निकालेर धेरैलाई मर्न बाध्य पारेको आरोप लागिरहँदा कर्मचारीको पुनर्वहाली गरेको छ ।

अब सेवाका नाममा अनियमितता गर्ने र केही सिमित व्यक्तिहरुको कमाउ धन्दा चल्ने संस्थामाथी छानविन हुनुपर्छ । मृतक आउजीको परिवारलाई रोजगारी लगायतको सहयोग गर्ने प्रतिबद्धता सहित घटना बारे दुख व्यक्त गरेको न्याय हेल्थ नेपालमाथी सरकारले छानविन कसरी अघि बढाउँछ ? सबैको प्रतिक्षा यसैमा छ ।

जागिर पुनर्वहालीको माग राख्दै आन्दोलनरत दोलखास्थित प्रस्तावित चरिकोट अस्पतालका कर्मचारी संघर्ष समितिले जागिर निकालाको प्रक्रिया स्थगन भई खारेज हुनेपर्ने भन्दै यस्तो विज्ञप्ती निकालेको छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्