Techie IT
Mission Khabar

अबैध मृर्गौला प्रत्यारोपणमा डाक्टर जनप्रतिनिधिदेखी प्रहरीसम्मको कनेक्सन, १२ जना पक्राउ


काठमाडौं । अवैध मिर्गौला प्रत्यारोपनमा मानव अंग प्रत्यारोपण केन्द्रका पदाधिकारी,वडाध्यक्षदेखि प्रहरीसम्मको कनेक्सन भेटिएको छ । शनिबार चितवनबाट ३ जना चिकित्सक पक्राउ गरेको प्रहरीले आइतबार वडाध्यक्ष सहित ९ जना पक्राउ गर्यो । अहिलेसम्म अबैध मिर्गौला प्रत्यारोपनको आरोपमा १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोको टोलीले नौ जना ललितपुरबाट र चितवनबाट तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ । पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेका छन् । वडाध्यक्ष महर्जनले नक्कली आफन्त बनाएर सिफारिस दिएका थिए । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माको योजनामा अवैध रुपमा मिर्गौला प्रत्यारोपण भएको खुलासा भएको छ । मिर्गौला रोग विभागका प्रमुख प्रा.डा. बर्मा सहित प्रा.डा. बालकृष्ण कालाखेती, डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ पक्राउ परेका छन् । जसमा नेपाल प्रहरीका दुई जना अधिकारीले समेत बर्मालाई सहयोग गरेका छन् ।

पक्राउ परेका १२ जनामा प्रहरी सहायक निरीक्षक भीमप्रसाद खनाल र प्रहरी नायब निरीक्षक योगेन्द्रराज थपलिया पनि छन् । खनालले नै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने परिवारकी जमुनाराज भण्डारीलाई डा. बर्मासँग भेटाइदिएका थिए । भण्डारीले भक्तपुरकी रेश्मा राईमार्फत खनाललाई भेटेको र उनले १० लाख रुपैयाँ लिएर विचौलियाका रुपमा काम गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीमा परेको एउटा बेनामी उजुरीको मद्दतले गैरकानुनीरुपमा गरिने मिर्गौला प्रत्यारोपण गर्ने र्याकेटको पोल खुलेको हो । गत कार्तिक ३ गते परेको सो उजुरीकै आधारमा चितवनस्थित कलेज अफ मेडिकल साइन्स (सीएमए) मा नक्कली कागजात खडा गरी विदेशमा रहेको व्यक्तिको विवरण प्रयोग गरेर तेस्रो मानिसको मिर्गौला झिकी प्रत्यारोपण गर्ने १२ जनाको गिरोहलाई पक्राउ गरेको हो । आफ्ना भाञ्जा अस्ट्रेलिया भएका व्यक्तिको मृगौला प्रत्यारोपण नक्कली भाञ्जाका रुपमा विभिन्न कागजात बनाएर गरिएको प्रहरी अनुशन्धानबाट खुलेको छ ।

अनुसन्धानको ८ महिनामा प्रहरी गिरोह नै पक्राउ गर्न सफल भएको थियो । आइतबार साँझ अदालतले १२ जनालाई नै म्याद गर्दै अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको छ । यसअघि ललितपुरको निदान अस्पतालमा पनि नक्कली भाञ्जा खडा गरेर अवैध मिर्गौला प्रत्यारोपण गरिएको आरोपमा ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो । यो प्रकरणमा संलग्न एक प्रहरी अधिकारीको अहिलेको अवैध प्रत्यारोपणमा समेत संलग्नता खुलेको छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश
ट्याग : #breaking, #अबैध मृर्गौला प्रत्यारोपण, #जनप्रतिनिधि, #डाक्टर, #प्रहरी, #मानव अंग प्रत्यारोपण केन्द्र, #मानव बेचविखन ब्यूरो

तपाईको कमेन्ट लेख्नुहोस्