Techie IT
Mission Khabar

विशंखुनारायणको शिरमा रिसोर्ट, सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्दै व्यवसायीले गरे तथानाम गालीगलौज


ललितपुर । ललितपुरको पवित्र धार्मिक स्थललका रुपमा परिचित विशंखुनारायण मन्दिरको शिरमा निर्माण हुन लागेको रिसोर्ट र जिपलाईन विवाद उत्कर्षमा पुगेको छ ।

केही दिन अघि प्राईम टाइम्स टेलिभिजन मार्फत उक्त क्षेत्रको प्रोमो सार्वजनिक भएको थियो । जुन प्रोमो जनताको इजलास कार्यक्रमका प्रस्तोता दिपक अर्यायलले आफ्नो फेसबुकमा समेत सार्वजनिक गरेका थिए । १३ गते सार्वजनिक भएको उक्त प्रोमो भाईरल भएको थियो जसमा अधिकांशले धार्मिक क्षेत्रमा रिसोर्ट र जिपलाईन आवश्यक नभएको टिप्पणी गरेका छन् । प्रोमो सार्वजनिक भएको दुईदिन पछि रिसोर्टका सञ्चालक मध्येका एक ध्रुब बस्नेतले सामाजिक सन्जालमा सार्वजनिक प्रोमो बारे कमेन्ट गर्नेहरुमाथी तथानाम गालीगलौज गरेका छन्, यो हेर्नुहोस् ।

रिसोर्ट सञ्चालक बस्नेतले पुरषलाई मात्र नभई महिला दिदिबहिनीलाई समेत अपशब्द प्रयोग गरेर गाली गलोच गरेका छन् । विशंखुनारायण क्षेत्रलाई धार्मिक र आस्थाको धरोहर मान्दै आएकाहरुले यस क्षेत्रमा रिसोर्ट, जिप लाईन आवश्यक नभएको भनेर आफनो प्रतिक्रिया जनाउँदा व्यवसायी तथा स्थानीय समेत रहेका बस्नेतको यस्तो हर्कतले समग्र विशंखुनारायण क्षेत्रकै बदनाम भएको छ । विशंखुनारयण मन्दिरमा आस्था राख्नेहरुको धािर्मक आस्था माथि समेत बस्नेतको यस्तो हर्कतले आघात पुर्याएको छ । आफ्नो ब्यापारीक उद्देश्य पुरा गर्ने क्रममा अवरोध झेल्नुपरेका कारण आक्रोशित भएका बस्नेतले मध्यरातमा सामाजिक सञ्जालमा तथानाम गाली गर्दै विहानपख हटाएको पोस्टहरु यस्ता छन् ।

ब्यापारी, उपभोक्ता समिति र डिभिजन वन कार्यालयको मिलेमतोमा सामुदायिक वनको मर्म र उद्देश्य विपरित धार्मिक आस्था जोडीएको वनमा रिसोर्ट सञ्चालन गर्न व्यवसायीले प्रक्रिया अगाडी बढाएपछि विशंखुनारायण सेवा सुधार समितिले विरोध गदै धार्मिक वन कायम हुनुपर्ने माग गदै आईरहेको छ । समितिले १४ हेक्टरमा फैलिएको वन क्षेत्र मध्ये विशंखुनारायाण मन्दिरले करिब दुई हेक्टर क्षेत्र लाई धािर्मक वन कायम गर्ने माग गरेको छ । यस्तै, समितिले वन मन्त्री शक्तीबहादुर बस्नेतलाई समेत ध्यानाकर्षण गराउदै मन्त्रालयमा धार्मिक वन कायम गरिपाउ भन्दै निवेदन दर्ता गराएको छ । केही निहित व्यक्तिहरुको स्वार्थमा डिभिजन वन कार्यलयका प्रमुख नवीन गिरिका आफन्तलाई जिप लाईनको ठेक्का दिएको स्थानियले बताएका छन । यस्तै रिसोर्ट तर्फ समेत स्थानीय नेताहरुको अप्रत्यक्ष लगानी रहेको स्वयम रिसोर्ट सञ्चालक नै स्वीकार गरिरहेका छन् ।

कौडिको भाउमा वन भाडामा लगाउनेबारे सम्झौता भएको छ । त्यो पनि घर घडेरीको कारोबार गर्ने युनिभर्सल अवास कोलोनीसँग । सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा पर्यटन प्रवर्धन गर्न खोजिएको भनिएपनि ठेक्का प्रक्रियामा व्यापारी, डिभिजन वन लगायतको स्वार्थ प्रष्ट देखिएको छ । रिसोर्ट सञ्चालन वापत वार्षिक १ लाख १० हजारमा ठेक्का लगाइएको छ भने ७० हजार अनुगमन मुल्यांकन खर्चका रुपमा सम्झौता गरिएको छ ।

अर्कोतर्फ जीप लाईनको ठेक्का पाएको वाईड वल्डर्स नेपाल प्रालीले समेत पर्यापर्यटनको उद्देश्य विपरित काम गरेको पाइएको छ । यो ठेक्का समेत डिभिजन वन कार्यालयका प्रमुख निकटलाई दिएको श्रोत बताउँछ । यो ठेक्का वापत वार्षिक ४ लाख तिर्नेगरि सम्झौता भएको छ ।

ऐतिहासिक धार्मिक सम्पदा रहेको वन क्षेत्रको पहिचान सहितको पोखरी समेत व्यापारिको कब्जामा परेको छ । सामुदायिक वनमा मनलाग्दी रुख कटानी हुँदा तथा सिमेन्ट ढुंगाको कंक्रिट संरचना बन्दा समेत डिभिजन वन कार्यालय चुप रहनुले आर्थिक सेटिङ छ भन्ने स्थानीयको आशंकालाई पुष्टि गरेको छ ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking, #hot, #उपभोक्ता समिति, #डिभिजन वन कार्यालय, #युनिभर्सल अवास कोलोनी, #रिसोर्ट र जिपलाईन, #वाईड वल्डर्स नेपाल प्राली, #विशंखुनारायण मन्दिर, #सामुदायिक वन

तपाईको कमेन्ट लेख्नुहोस्