Techie IT
Mission Khabar

गोंगबु शब बरामद प्रकरण, प्रहरीले मृतकको पहिचान लुकाएर सुस्म अनुसन्धान गर्दै


काठमाडौं । काठमाडौंको गोंगबु नजिकै सुटकेसभित्र टाउको विनाको शव र करिब ३ सय मिटर टाढा जेब्रा झोलामा टाउको र खेट्टा भेटिएको घटना बारेको अनुसन्धानलाई प्रहरीले तिब्रता दिएको छ । गोंगबुको गणेशस्थान नजिकै बेवारिसे सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सुटकेश खोलेर हेर्दा शव भेटिएको थियो । टाउको भने तीन सय मिटर टाढा तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले भेटाएको थियो । मंगोलिय वर्णका अन्दाजी ४५ वर्षिया पुरुषको शव भएको प्रारम्भिव अनुसन्धानबाट खुलेपनि शवको पहिचान बारे प्रहरीले कुनै जानकारी गराएको छैन । घटनास्थलमा प्राप्त प्रमाणका आधारमा परिवारसम्म पुगेर प्रहरीले अनुसन्धान लघि बढाएको छ भने केही दिनदेखी परिवारको सम्पर्कभन्दा बाहिर रहेर आइतबार बिहान मृतक भेटिएका व्यक्ति बारेको पहिचान अनुसन्धानका लागि भन्दै प्रहरीले गोप्य राखेको छ । घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको थियो । शनिबार राति हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । भने कुकुरले पछ्याएको दुई व्यक्तिलाई नियनत्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । मृतक शरिर र टाउको भेटिएको सुटकेश र जेब्रा झोला राखिएको ठाउँ सिसिटिभीको फ्रेमभन्दा बाहिर रहेको पाइएको छ। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा र टाउको र खुट्टा काटेर जेब्रा झोलामा पोको पारेर राखेको अवस्थामा भेटिएको थियो । गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्