नटकिय शैलीको गोंगबु हत्याकाण्ड, अबैध सम्वन्ध र मनमुटाबबाट उब्जिएको प्रतिशोध

काठमाडौं । रोल्पाका ४५ वर्षीया कृष्णबहादुर बोहोराको हत्या भएको गोंगबु हत्याकाण्डको प्रकृति हेरेर एकभन्दा बढी व्यक्तिको संलग्नता हुनसक्ने आशंका सहित अनुसन्धानमा जुटेको प्रहरी चितवनको टाढीबाट कल्पना मुडवरी पौडेललाई पक्राउ गरेपछि चकित भयो ।
सुटकेसमा शरिर र त्यसको करिब तीन सय मिटर परको चौरमा जेब्रा ब्यागमा टाउको खुट्टा भेटिएको हत्याको प्रकृति हेर्दा एक्लैले घटना घटाएको विश्वास गर्न गाह्रो थियो, त्यो पनि महिलाले मात्र । तर पौडेलको बयानले भारतीय सिरियल क्राइम पट्रोल, डायल १०० हरुमा देखाइने घटना जस्तै अपराधको कथा बुनिएको पत्याउन प्रहरीलाई बाध्य बनायो । घटनास्थलबाट प्राप्त प्रमाण, कल डिटेल लगायतले पनि एक्लैको संलग्नतामा विश्वास गर्न बाध्य बनाएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाकाअनुसार श्रीमान विदेशमा रहेकी पौडेलसँग कायम रहेको अवैध सम्बन्धपछि उनैको फेक फेसबुक खोलेर विभिन्न पुरुषसँग च्याट, गोप्य तस्वीरहरु पठाउने लगायत ब्ल्याकमेलिङ गरेपछि प्रतिशोधका भावनाले घटना भएको पाइएको छ ।
अपराध कथा यसरी सुरु हुन्छ
श्रीमान विदेशमा रहेकी पौडेलको पछिल्लो समय श्रीमानसँग राम्रो सम्बन्ध थिएन । विदेशबाट फर्किएका बोहोराको पनि दुई जनासँग विवाह भएर पनि डिभोर्स भइसकेको थियो । करिब दुई-तीन वर्षअघि फेसबुकमार्फत चिनजान भएका दुबै नजिकिएका थिए । तर पछिल्लो समय बोहराले फेसबुकमा आफ्नो फेक प्रोफाइल बनाएर विभिन्न पुरुषसँग कुराकानी गर्ने, गोप्य तस्वीरहरु पठाइदिने मात्रै गरेनन गोप्य फोटो सार्वजनिक गरिदिन्छु भनेर ब्ल्याकमेल गर्दै सम्बन्ध राख्न थाले । बोहराको क्रियाकलापबाट आजित भएपछि उनै पौडेलले हत्याको पूर्वयोजना सहित शनिवार राती खाना खान बोलाइन् । मंसिर महिनादेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका बोहरा पनि पुरानै सम्वन्धको आशा सहित साँझ ५ बजेतिर नवज्योति मार्गस्थित पौडेलको कोठामा पुगे ।
तीन वटा कोडा भाडामा लिएर बसेकी पौडेललेसँगै एउटा कोठामा बोहरा बसे भने अर्कोतिर छोरी र छोरा टिभी हेर्न थाले । शनिबार दुबैले भोड्का रक्सी, दही, च्यूरा लगायत खाए । खानपिनका क्रमा बोहरालाई दिएको दहीमा पौडेलले भने पूर्वयोजना अनुसार नै ५ वटा स्लीपिङ ट्याब्लेट हालिदिएकी थिइन् । डिप्रेसनको शिकार भएकी पौडेल आफैले खाएर सुत्ने ट्याब्लेट बोहरालाई दहीमा मिसाएर दिइएको थियो । जब बाहोरा लठ्ठिएर लडे, पौडेलले अण्डाकोषमा हम्मरले प्रहार गरिन् । त्यसपछि आफ्नो सलले घाँटी थिचिन । मृत्यु भएको यकिन भएपछि शवलाई शौचालयमा लगेर दाउले टाउको र दुवै खुट्टा काटेर पौडेल शब व्यवस्थापनतिर लागिन । यतिञ्जेलसम्म छेऊमा रहेका छोराछोरीलाई केही थाहा भएन । पौडेलले टाउको र खुट्टाविनाको शव सुटकेसमा राखेर राति ११ बजेतिर घरबाट करिब ५० मिटर अगाडि सडकको बायाँ किनारमा फ्यालिन् । टाउको र खुट्टा भएको जेब्रा झोला फाल्न लैजाने क्रममा पानी पर्यो । यसपछि भने उनले छोरीको सहयोग लिनुपर्यो । आमाछोरी घरबाट निस्किँदा राति १ बजिसकेको थियो । झोला फालेर फर्किएका उनीहरु कोठामा फर्किएर सुते ।
घरवेटीलाई शुक्रबार नै माइत जाने खबर गरेकी उनी आइतबार बिहान ७ बजे प्रहरीले शव बरामद गरेको थाहा पाएपछि घरको छतबाट शव बरामद स्थल, प्रहरीका गतिविधि नियालेर बसिन । प्रहरीले केन्द्रीय कुकुर तालिम केन्द्रबाट ल्याएको विशेष तालिम प्राप्त कुकुर जोजो घरै अगाडिबाट हिँड्दा आमाछोरी दुवै अलाल्लिए । तर रातभर पानी परेकाले कुकुरले रुट पहिल्याउन सकेन र कुकुर घरभित्र प्रवेश नगरी अर्को झोला (टाउको खुट्टा) भएको स्थानतिर गयो । कुकर घरमा नआएपछि राहतको सास फेरेकी उनी रातभर अनिँदो भएकाले दिनभर कोठामै सुतिन् । चितवनबाट आउँदा प्रयोग गरेको एम्बुलेन्सलाई बोलाइसकेकी उनी छोराछोरी सहित विरामी लिएर काठमाडौं आएको एम्बुलेन्स चढेर चितवन गएकी थिइन् ।
यतिबेला शव व्यवस्थापनमा सघाएर घटना बारेको जानकारी लुकाएको अभियोगमा छोरीमाथी अनुसन्धान भइरहेको छ भने आमा बिरुद्ध बर्तब्य ज्यान मुद्धा दर्ता भएर कारबाही र अनुसन्धान अघि बढाइएको छ । बोहरोले छोरीलाई पनि राम्रो नजरले नहेरेका कारण शव व्यवस्थापनमा आमालाई सहयोग गरेकी हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #अपराध अनुसन्धान महाशाखा, #कल्पना मुडवरी पौडेल, #कृष्णबहादुर बोहोरा, #गोंगबु हत्याकाण्ड, #प्रहरी, #महानगरीय प्रहरी परिसर, #सुटकेसमा शरिर जेब्रा ब्यागमा टाउको खुट्टा, #हत्या
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्