Techie IT
Mission Khabar

बढ्दै गम्भिर बिरामी र मृत्युदर, २४ घण्टा नपुग्दै थपिए १४ मृतक


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन अर्थात बुधबार साँढे ४ बजेदेखी अहिलेसम्म मात्रै १४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

बाराका तीन, पर्सा र रुपन्देहीका दुई दुई तथा काठमाडौं, ललितपुर, भक्तपुर, कैलाली, महोत्तरी, बाँके, र कास्कीमा एकएक जनाको मृत्यु भएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८५ पुगेको छ ।

बुधबार साँझ ज्यान गुमाउने संक्रमित
– काठमाडौंका ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु
– भक्तपुरको सूर्यबिनायक–८ की ५३ वर्षीया महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु
– मोरङको बिराटनगर–११ का ४४ वर्षीया महिलाको बिराट मेडिकल कलेजमा मृत्यु कैलालीका ४५ वर्षीय पुरुषको सेती    प्रादेशिक अस्पतालमा उपचार क्रममा मृत्यु
– महोत्तरीका ६० वर्षीय पुरुषको बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु
– बाँकेको नेपालगञ्ज–१ का ३७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु
– बाराको कलैया–१ का ६६ वर्षीय पुरुष र बिश्रामपुर–१ का ४२ वर्षीया पुरुषको वीरगञ्ज हेल्थकेयर कोरोना अस्पतालमा     उपचारका क्रममा मृत्यु
– वीरगञ्जस्थित नारायण अस्पतालमा पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु
 

 बिहिबार बिहान मृत्यु भएका संक्रमित
– बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु । मृतक महिला ३३ हप्ताकी गर्भवती ।
– वीरगञ्ज–१४ बहुअरी बस्ने ६२ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको   क्रममा मृत्यु
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखरा–११ कि ३२ वर्षीया महिलाको मृत्यु
– कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको बुटवलस्थित बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष  अस्पतालमा उपचारका क्रममा मृत्यु
– पाटन अस्पतालमा आईसीयूमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु
-बुटवलमा प्लाज्मा थेरापी गरिएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु

बढ्दै गम्भिर बिरामी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा गरी १४ जना भेल्टिलेटरमा र १५१ जना आईसीयूमा उपचाररत छन् । यो संख्या दिनहु बढ्दो क्रममा देखिएको छ । बाग्मती प्रदेशमा मात्र संक्रिमितलाई भेल्टिलेटरमा राख्नु परेकोमा बुधबार प्रदेश एकमा एक जना भेल्टिलेटरमा राख्नुपरेको छ । प्रदेश १ मा १६ जना, २ मा ४४ जना, बाग्मतीमा ७१ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १७ जना संक्रमितको आईसीयूमा उपचाररत छन् ।

साउन १९ मा १ जना मात्र भेल्टिलेटरमा थिए भने आईसीयूमा २६ जना संक्रमितको उपचार गर्नुपरेको थियो । योसंख्या एक महिना नपुग्दै ह्वात्तै बढेको छ । भेल्टिलेटर तथा आईसीयूमा राख्नुपर्ने संक्रमितको संख्यासँगै ०.३ प्रतिशत रहेको मृत्युदर नै बढेर भदौ १० मा ०.५ पुगेको छ । बुधबार साँझसम्म देशभर ३४ हजार ४१८ जना संक्रमित पहिचान भएकोमा १९ हजार ५०४ ले कोरोना जितेका छन् । १४ हजार ७३९ को विभिन्न कोभिड अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।


क्याटेगोरी : खोज / मिसन, जीवन भोगाई, देश / प्रदेश
ट्याग : ##कोरोना अपडेट, #breaking, #आईसीयू, #कोरोना उपचार, #कोरोना भाइरस (कोभिड–१९), #भेल्टिलेटर, #मृत्यु, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्