Techie IT
Mission Khabar

मनमोहन अस्पतालको आकस्मिक कक्षमा दोहोरो भिडन्त, यस्तो देखियो सिसिटिभि फुटेजमा


काठमाडौं । स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएका बिरामीमाथि कुटपिट भएको छ । बिहिबार अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरेका युवाहरुको समूहले गुण्डागर्दी शैलीमा बिरामीमाथी कुटपिटका साथै अस्पताल समेत तोडफोड गरेका हुन् ।

अस्पतालका अनुसार बिहीबार राती ९ः०२ बजेको समयमा करिब २०/३० जनाको समूह गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरेका व्यक्तिहरुले उपचारका लागि भर्ना भएका घाइतेमाथी नै कुटपिट गरेका थिए । अस्पतालले जनाए अनुसार दुईवटा समूहविच झगडा हुँदा एक समूहका केहीव्यक्तिहरु घाइते भएर उपचारका लागि अस्पतालको इमरजेन्सीमा आएको र उपचारमै रहेका बेला अर्को समूहका व्यक्तिहरुले अस्पताल प्रवेश गरेर कुटपिट गर्दै अस्पतालमा रहेका इसीजी मेशिन, टुलकिट लगायतका मेडिकल उपकरण तोडफोड गरेका थिए । घाइतेलाई तानेर बाहिर लाने क्रममा रोक्न खोज्दा सो समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गाडहरुलाई समेत हातपात गरि ईसिजी मेशिन, ड्रेसिड ड्रम, बस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको पाइएको छ । केही समय आकस्मिक कक्ष रक्ताम्य भएको थियो भने आकस्मिक सेवा बन्द गर्नुपरेको थियो ।

भिडियो तलको लिंकमा

अस्पतालको इमरजेन्सी कक्षमै आएर बिरामी र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने र अस्पतालको सामान तोडफोड गर्नेलाई तुरुन्त कारवाही गर्नुपर्ने भन्दै विज्ञप्ति निकालेको छ । घटनामा सहभागी केहीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको आकस्मिक उपचार कक्षमा भएको भिडन्तमा लगभग १५ लाख बराबरको मेडिकल सामानमा क्षति भएको अस्पतालले जनाएको छ ।

यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ती

 


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot, #अस्पताल तोडफोड, #अस्पतालको आकस्मिक कक्षमा कुटाकुट, #बिरामीमाथि कुटपिट, #मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल

तपाईको कमेन्ट लेख्नुहोस्