रेडक्रस अनियमितता फलोअप : पूर्व पदाधिकारीले अबैद्य सुविधाको डेढ करोड फिर्ता गरेनन्
काठमाडौं । सरकारले बर्खास्त गरेका नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले भुकम्पको बेला दातृ निकायबाट आएको सहयोगको दुरुपयोग गर्दै लिएको तलब भत्ताको सुविधा फिर्ता नगर्ने अडान लिएका छन् । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासनले गठन गरेको छानविन समितिले रेडक्रसका पदाधिकारीले लिएको तलबभत्ता नियम विपरीत रहेको ठहर गर्दै बुझाएको प्रतिवेदनका आधारमा ०७२ देखि ०७५ असारसम्म लिएको तलब फिर्ता गराउन रेडक्रसलाई निर्देशन दिइएपनि बखास्तीमा परेका पदाधिकारीहरुले सो बापतको तलबभत्ता फिर्ता दिन अटेरी गरेका हुन् ।
रेडक्रसले प्रशासनको निर्देशनअनुसार भदौ १७ मा भुकम्पको बेला दातृ निकायबाट आएको सहयोगबाट तलब बुझ्ने पूर्वअध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरन्त धाख्वा, कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान, उपमहामन्त्री हरिप्रसाद न्यौपाने, केन्द्रीय सदस्य अजितकुमार शर्मा र भरत खवासलाई मासिक रुपमा लिएको आर्थिक सुविधा फिर्ता गर्न पत्र पठाइसकेको छ । पत्रमा उनीहरुलाई चार वर्षमा लिएको तलबभत्ता फिर्ता गर्न भनिएको छ । ०७२ असार २५ मा बसेको रेडक्रसको भुकम्प प्रतिकार्य सञ्चालन समितिको बैठकले बाहय सहयोगबाट बेहोर्ने गरी तलब लिने निर्णय गरेको थियो । चार वर्षको अवधिमा थापाले सबैभन्दा बढी ४५ लाख ६२ हजार ५ सय रुपैया, देवरत्न धाख्वाले ३३ लाख ६७ हजार ४ सय ६९ रुपैया, देवेन्द्र प्रधानले २१ लाख ५८ हजार १ सय ७०, हरिप्रसाद न्यौपानेले १९ लाख ५७ हजार र अजितकुमार शर्माले १४ लाख ६० हजार रुपैया र भक्त खवासले १३ लाख ४० हजार रुपैया तलब बापत लिएको पाइएको छ ।
६ जना बर्खास्तीमा परेका पूर्व पदाधिकारीले रेडक्रसलाई १ करोड ४८ लाख ४५ हजार १ सय ३९ रुपैया फिर्ता गर्नुपर्ने हुन्छ । रेडक्रसले शुक्रबारसम्म तलब फिर्ता गर्न पत्राचार गरेपनि बर्खास्तीमा परेका पूर्व अध्यक्ष थापा सहितका ६ जनाले नै रेडक्रसको पत्रलाई बेवास्ता गर्दै तलबभत्ता फिर्ता दिन अटेरि गर्दै आएका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, खोज / मिसन, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्