Techie IT
Mission Khabar

लाप्चा चीनिया भवन प्रकरण : ५८ वर्षपछि भेटियो चीन नेपाल सीमाको ११ नम्बर स्तम्भ


काठमाडौं, हुम्ला । उत्तरी छिमेकी मुलुक चीन र नेपाल बीचको सिमानामा राराखिएको ११ नम्बरको सीमास्तम्भ भेटिएको छ । ११ नम्बर सीमास्तम्भ सीमा प्रहरी चौकी, हिल्साभन्दा करिब ५२ सय मिटर उचाइमा भेटिएको हो ।

यो सीमास्तम्भ ५८ वर्षदेखी हराएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीले बुधबार टाकुले लेकको खोचमा हिउँसँगै दबेर बसेको अवस्थामा रहेको सीमा स्तमभ माटो र हिउँ पन्छाएर निकालिएको जानकारी दिए । नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले सुरक्षाकर्मी र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजबिनले हराएको पिल्लर फेला परेको र अब लामो समयको विवाद अन्त्य हुने विश्वास पलाएको बताए । ११ नम्बर सीमास्तम्भ हराएकाले नेपाल र चीनसँगको सिमाना पटक–पटक विवाद हुने गरेको थियो ।

प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षाकर्मीको टोली अझै सीमा क्षेत्रबाट फर्किएको छैन । सीमास्तम्भ भेटिए पनि चीनले निर्माण गरेका सीमा क्षेत्रका भवन कसको भूभागमा पर्छ भन्ने अझै यकिन हुन सकेको छैन । यता, चीनले नेपाली भूमिमा भवनहरु बनाएको समाचार सार्वजनिक भएलगत्तै नेपाल सरकार र काठमाडौंस्थित चिनियाँ दूतावास दुवैले चीनले नेपाली भूमि अतिक्रमण नगरेको प्रष्टीकरण सहितको विज्ञप्ती जारी गरेका छन् ।


क्याटेगोरी : खोज / मिसन, देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्