आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल : कोरोनाको औषधि बनाउने पहिलो मुलुक बन्ला त नेपाल ?

काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने बताइएपनि अहिलेसम्म सुरु हुन सकेको छैन । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको जानकारी दिएको थियो ।
परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको जानकारी दिए । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति भने दिइसकेको छ । औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभागको स्वीकृतिका आधारमा कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको बताइएको छ ।
आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल
नेपालमा उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल गर्ने तयारी भइरहेको छ । परिषदका सदस्य सचिव ज्ञवाली प्रदेश नं. ५ र प्रदेश नं. २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गरिने बताउँछन् । यसरी ट्रायल गरिने आयुर्वेदिक औषधिमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधि लगायत छन् । खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लडने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको कतिपय स्वास्थ्य विज्ञहरु बताउँछन् ।
आयुर्वेद अस्पतालले कोरोनाका विरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएका छन् । किर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा कोरोना संक्रमण भएर पुगेकाहरु सबैभन्दा छिटो निको हुने गरेको पाइएको छ । आयुर्वेदिक औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरस जन्य रोगका लागि औषधि बनाउने नेपाल महिलो मुलुक बन्नेछ ।
क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्