सधै गुमनाम बन्छन ठूला सुन तस्करीका घटना, भरिया पक्रेर कहिले तोडिन्छ सुन तस्करको जालो ?

काठमाडौं । सरकारले नेपालमा सुन तस्करको जालो तोडिएको दावी गरेको धेरै भइसक्यो । तर, वीरगंजमा झण्डै २३ किलो अवैध सुन बरामद भएपछि यो जालो तोडिएको छैन् भन्ने प्रमाणित भएको छ । यसले के स्पष्ट पार्छ भने तस्करहरुको अवैध कारोबार अन्त्य होइन, झन मौलाइरहेको छ ।
नेपाल प्रहरीले पर्साको वीरगंजस्थित एक अपार्टमेन्टमा शनिबार छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन फेला पर्यो । वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित श्री गणेश अपार्टमेन्टबाट २२ किलो ५ सय ७६ ग्राम सुन फेला पारेको हो। अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा सुन जस्तो पहेलो धातु फेला परेको हो। कतिबेला ३३ किलो त कतिबेला ८८ किलो तस्कर गरिएको सुन फेला पर्नुले मुलुकमा सुन तस्कर मौलाउदै गएको बुझ्न कठिन् छैन ।
बिरगन्जको फेला परेको सुन जस्तो देखिने बस्तु सुन हो नै भनेर निक्र्यौल भईसकेको छैन । नेपाल प्रहरिले उपलब्ध गराएको तथ्यान्क हेर्ने हो भने नेपालमा वार्षिक ८० देखी १०० किलो तस्कर गरिएको सुन प्रहरिले पक्राउ गर्ने गरेको छ । यध्यपी नेपालमा सुन तस्कर भने त्यो भन्दा कयौ गुणा बढी हुने गरेको स्वयम प्रहरिले बताउने गरेको छ । पक्राउ पर्नेमा भने अधिकाम्श भरिया मात्र हुने गरेका छन । तर तस्कर रोक्न भने प्रहरी करीब असक्षम जस्तै देखिएको छ ।
ठूलो परिणामा अबैध सुन बरामद भएका घटना
२०७४ साल
भदौ १९ गते – ८८ केजी
भदौ १५ गते – २२ केजी
असार २९ गते – ९ केजी
२०७३ साल
माघ १ गते – १३ केजी
पुस ६ गते – ५ केजी
पुस २१ गते – ३३ केजी
चैत ३ गते – ७ केजी
जेठ ३० गते – ६ केजी
२०७१ साल
साउन – २० केजी
मंसिर – २५ केजी
पञ्चायत शासन ब्यवस्थादेखी नै सुन तस्करी चलेको भएपनी २०५१ सालपछिको सरकार परिवर्तका खेलहरु तीब्र रुपमा हुन थालेपछि सुन तस्करीको क्रम फैलिएको थियो । २०५५ सालमा एक सय ३३ टन सुन वैध रुपमा भित्रिएको भएपनि सबै सुन भारतमा खपत हुने भएपछि नेपालमा सुन तस्करी त्यत्तिखेर देखी नै मौलाएको थियो ।
सुन तस्करको जालो झन फैलिदै गएपनी उनिहरुलाई कारबाहीको दायारामा ल्याउन नसक्नु र प्रहरी नै सुन तस्करमा संलग्न हुने गरेको खुल्नुले तस्करीको ट्रान्जिट बनेको नेपाल कतै सुन तस्करको हब बन्ने त होइन भन्ने आशंका पैदा भएको छ ।
क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्