र्यापर भिटेन बिरुद्ध प्रहरी अनुसन्धान, एकाएक प्राइभेट भयो युट्युबको टेन्ड्रिङ एकको भिडियो

काठमाडौं । भिटेन उपनामले चिनिने र्यापर समीर घिसिङलाई कारबाही गर्न भन्दै प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि युट्युबमा राखेको भिडिओ प्राइभेट गरिएको छ । बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट एकाएक हराएको हो ।
भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर भएपनि उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन नमिल्ने बनाइएको छ । भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न प्रहरी प्रधान कार्यालयले बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो । भिटेनले पछिल्लो पटक ‘पारा’ शीर्षकमा नयाँ भिडिओ सार्वजनिक गरेसँगै प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको थियो ।
यसअघि समेत भिटेनलाई आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरिसकेको छ । एक वर्षअघि समेत भिटेन र्यापको बिषयले विवादमा तानिएका थिए । प्रहरीले पक्राउ गरी उनलाई भिडिओ डिलिट गर्न लगाएको थियो । आइन्दा समाजलाई अपाच्य हुने, अपशब्ध शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिनाकारबाही रिहा गरेपनि उहि प्रकृतिका गल्ति दोहोर्याएको भन्दै यसपटक प्रहरी आफैले कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचनयुक्त भिडिओ सार्वजनिक गरेपछि कारबाही गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । भिडियोमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउन नसक्ने, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने भन्दै आलोचना समेत हुँदै आएको छ । साइबर ब्युरोले प्रधान कार्यालयले लेखेको चिठी प्राप्त गरेको साइबर ब्युरोका प्रमुख नवीन्द्र अर्यालले भिडिओ कुन अवस्थामा कसरी खिचिएको वा सार्वजनिक गरिएको हो, को–को संलग्न छन्, भन्ने बारे अनुसन्धानको प्रारम्भिक चरणमा रहेको जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धान प्रक्रिया सुरु हुँदा नहुँदै बिहिबार रातीबाट युट्युब टेन्ड्रिङको पछिलो नम्बरमा रहेको भिडियो प्राइभेट भएको छ । अब भिटेन पक्राउ पर्छन वा घटना यत्तिकै सामसुम हुन्छ ? सबैको चासो यतातर्फ मोडिएको छ ।
क्याटेगोरी : खोज / मिसन, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्