Techie IT
Mission Khabar

को हुन डा.उपेन्द्र ? जस्को रोग र मृत्युले देशव्यापी चर्चा पायो


वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटाको आइतबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटा बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा उपचारको क्रममा भौतिक रुपमा अस्थाए पनि उनको योगदान र व्यक्तित्वको चर्चा सधै भैरहनेछ ।

झण्डै ६ महिनाअघि स्वास्थ्यमा समस्या देखिएपछि बेलायतमा उपचारका लागि भर्ना भए । पित्तथैलीको क्यान्सरको उपचार गराएका डा. देवकोटा पूर्णरुपमा स्वस्थ नहुने निश्चित भएपछि स्वदेशमा नै देहत्याग गर्ने इच्छा सहित नेपाल फर्किएका थिए । स्वदेश फर्किएदेखि आफैले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनलाई गत हप्ता डा. देवकोटाकै चाहना अनुसार गृह जिल्ला गोरखा लगिएको थियो । जन्मथलो टेक्ने उनको त्यही इच्छा अन्तिम बनेको छ ।

आखिर को हुन त डा. देवकोटा ?
२०१० साल पौष ४ गते पण्डित गाउँ लिगलिग गोर्खामामा जन्मिएका देवकोटा आफ्ना पिता कविराज होमनाथ देवकोटाको सेवाभावबाट डाक्टरी पेसामा लागेको बताउँथे । चिकित्सा पेसाको ३७ वर्षे समयमा डा. देवकोटाले करिब ३४ हजार व्यक्तिको शल्यक्रिया गरेको र सात लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरेको बताईन्छ । देवकोटा स्कुलदेखी नै तृक्ष्ण बुद्धिका थिए । गोरखाको अमरज्योति जनता माविबाट विद्यालय शिक्षा पूरा गरेका देवकोटा एसएलसीमा बोर्डमा परे ।

कलेजमा पनि अब्बल विद्यार्थीका रुपमा गनिन्थे । देवकोटाले अमृत साइन्स क्याम्पसबाट आइएसी र शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतको आसाम मेडिकल कलेजबाट एमबिबिएस गरेका हुन् । एमबिबिएसपछि उनले उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसमा पढाएका थिए । त्यसपछि मेडिकल अफिसरका रुपमा वीर अस्पतालको सर्जरी विभागमा प्रवेश गरेका उनले २५ वर्षसम्म वीर अस्पतालमा सेवा दिए । वीरमा उनकै नेतृत्वमा सन् १९८९ मा न्युरो सर्जरी विभाग स्थापना भएको थियो ।

वीरमा काम गर्दागर्दै उनी न्युरो सर्जरी पढ्न बेलायत गएका थिए । चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी उनले तालिम अवधि नसकिँदै पूरा गरे । बेलायतमा रहँदा उनले करिब ६ वर्षसम्म सिटी स्क्यान आविष्कारमा नोबेल पुरस्कार प्राप्त संस्थामा काम गरेका डा. उपेन्द्र राजाको प्रत्यक्ष शासनकालमा सात महिने स्वास्थ्यमन्त्री बने । उनी स्वास्थ्यमन्त्री भएका बेला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) स्थापना भएको थियो । मन्त्रीबाट हटेको केही समयपछि देवकोटाले बाँसबारीमा न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापना गरेर नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायको थालनप् गरेक थिए ।

७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोलेका देवकोटा सेवाभावका थिए । पालैपालो पदाधिकारी परिवर्तन गर्नेगरी स्थापना भएको गाउँ सुधार समितिले धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाउथ्यो । तिहारमा कौडा चलिरहँदा पुलिस बोलाएर उनैले जुवा बन्द गराएका थिए ।

लगातार २२ घण्टा सर्जरी – बेलायतको ‘रेजिडेन्ट भिसा’ र त्यहाँको विलासिताले समेत तानेन, उनलाई । बरु बेलायतबाट फर्किएर उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभाग बन्यो । नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरेका उनले । शल्यक्रिया सकेको पाँचौ दिनमै टाँका काटेर बिरामी घर फर्काएका थिए । नेपालमा न्युरोसर्जरीको विकास गर्न सकिन्छ भन्ने उनको सपना पुरा भएको क्षण थियो त्यो । रातदिन नभनी काम गर्ने डा. देवकोटाले लगातार २२ घण्टा लामो शल्यक्रियासमेत गरेका थिए ।

बिहान उठेपछिदेखि बेलुका सुत्नुअघि अस्पतालमा भर्ना भएका प्रत्येक विरामीलाई उचित सल्लाह दिने र विपन्नदेखी सम्पन्नसम्म सबैको समान सेवा गर्ने डा.उपेन्द्र हिजो र आज मात्रै होइन, भोली पनि सम्झनामा रहनेछन् । सन् १९८६ मा डा.मधु दीक्षितसँग विवाह गरेका देवकोटाका तीन छोरी छन् ।


क्याटेगोरी : जीवन भोगाई, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्