Techie IT
Mission Khabar

कैलालीको चुरेफेदीमा खानेपानीको हाहाकार, खोलाको फोहोर पानी पिउँदा रोगको जोखिम


कैलाली– कैलालीको गोदावरी नगरपालिकास्थित चुरेफेदीमा खानेपानीको चरम अभाव देखिएको छ । यहाँका सयौँ घर परिवार अहिले खानेपानीको अभाव टार्न तीन घण्टाको बाटो हिँडेर खोलाको फोहोर पानी पिइरहेका छन् ।

स्थानीय भन्छन–’चुनावको बेला खानेपानी उपलब्ध गराउने प्रतिबद्धता गरेका नेताहरु समस्या समाधान गर्न जिम्मेवार देखिएनन् ।’ चुरेफेदीका वडा नं ४, ६, ७, १०, ११ र १२ मा सबैभन्दा बढी खानेपानी समस्या छ । यहाँ सयौैँ घरका १४ हजार बढी नागरिक पानी अभावसँग जुधिरहेका छन् । हुनत, केही वडामा डिप टयूवेल गाड्ने प्रयास पनि गरिएको छ । तर अझै पानी निकाल्न सकिएको छैन । खोलाको फोहोर पानीबाट अभाव टारीरहेका स्थानीय खोला समेत सुक्न थालेपछि पानी नै पाइदैन की भन्ने चिन्तामा छन् ।

यता, गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँद पानी समस्या दिर्घकालिन समाधानको पहल सुरु भएको बताउँछन् । तर तत्काल समस्या हट्ने सम्भावनन देखिएको छैन । खानेपानी अभाव मात्रै होइन, यहाँका स्थानीयलाई सामान्य रोगको उपचारका लागि धनगढी धाउनुपर्ने अर्को बाध्यताले पनि पछ्याइरहेको छ ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्