Techie IT
Mission Khabar

चिसो बढेसँगै बन्द गरिए उच्च हिमाली जिल्लाका विद्यालय, जनजीवन प्रभावित


हुम्ला\डोल्पा– अत्यधिक चिसोका कारण जुम्ला, हुम्ला, डोल्पा लगायतका उच्च हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । जाडो बढेसँगै सोमबारदेखि हुम्ला जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । आइतबार वार्षिक परीक्षा सम्पन्न गरेर विद्यालय बन्द गरिएका हुन् ।

आगामी फागुन १ गतेसम्म यहाँका विद्यालय बन्द रहनेछन् । सरकारले हुम्लालगायत अत्यधिक चिसो हुने हिमाली जिल्लामा बर्सेनी जाडो बिदा दिँदै आएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् । यता, मुस्ताङ लगायतका केही जिल्लामा भने घुम्ती बिद्यालयको अवधारण अनुसार पोखरा लगायतका आसपासका क्षेत्रमा विद्यालय चाडोभर स्थानान्तरण गर्ने गरिएको छ ।

पश्चिमा बायु र हिमपातका कारण देशभर चिसो बढ्ने यो सिजनमा उच्च हिमाली भेगको जनजीवन भने सधै कष्टकर बन्दै आएको छ ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्