Techie IT
Mission Khabar

डा. केसीको स्वास्थ्य थप प्रतिकुल बन्दै, तत्काल आईसीयूमा राखेर उपचार गर्ने कि अनसन तोडाउने ?


इलाम– अनसनरत डा. गोविन्द केसीलाई तत्काल आकस्मिक कक्ष (आईसीयू) मा राख्नुपर्ने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीको स्वास्थ्य निक्कै कमजोर भएर निमोनियाको संक्रमण देखिएपछि आईसीयू केयरको आवश्यक परेको हो ।

स्वास्थ्यमा जटिल समस्या देखिएसँगै डा. केसीलाई सोमबार विहान इलाम जिल्ला अस्पताल लगिएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट विजेन्द्रकुमार झाका अनुसार निमोनिया भएका डा. केसीको दायाँ फोक्सोमा इन्फेक्सन देखिएको छ । रोगसँग लड्न सक्ने क्षमता कम हुँदै जादा रगतमा चिनीको मात्रा कम भएको छ । मुटुको चाल अनियमित भएका केसीको मुटुको चाल घटेर ३४ र बढेर २४० पुगेको चिकित्सकले बताएका छन् । इलाम अस्पतालमा आईसीयू केयर नभएका कारण चिकित्सकहरुले तत्कालै सुरक्षित गर्न नसके खतरा अझ बढ्ने बताएका छन् ।

डा. केसीको पछिल्लो १६ औँ अनसन जारी छ । सरकाले उनको माग हुँबहु पुरा गर्छ वा यो अनसन लम्बिन्छ, यसै भन्ने अवस्था छैन । समस्याको समाधान तर्फ सरकार र केसी समर्थक बेलैमा सचेत बनुन ।


क्याटेगोरी : जीवन भोगाई, शिक्षा / स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्