Techie IT
Mission Khabar

एकल महिला रमा पराजुलीको जीवन यात्रा, बैंकको जागिरेदेखी सफल यातायात व्यवसायीसम्म


काठमाडौं–एकल महिला रमा पराजुली सफल यातायात व्यवसायीका रुपमा दरिएकी छिन् । काठमाडौमा सार्वजनिक यातायात सञ्चालन गरेकी यातायात व्यवसायी पराजुली आफु सफल भएको बताउँछिन्।

बिगत ६ महिना अगाडि देखि यातायात व्यवसायमा लागेकी उनी व्यवसाय सन्तोसजनक भएको बताउँछिन् । काठमाडौ देखी लम्जुङ बेशिसहर भुलभुले चल्ने बस संचालन गरेर राम्रो आम्दानी गरेकी उनी राम्रो आम्दानी गर्दै आएको बताउँछिन् । सार्वजनिक यातायात सम्बन्धि राज्यबाट उचित नियम नीति नहुँदा चालक परिचालक समेत हेपिनु परेको तितो यथार्थ व्यवसायी पराजुली सुनाउछिन् । बैंक कर्मचारी रहेकी उनी नयाँ व्यवसयबाट सन्तुष्ट भएको मात्रै बताउँदिनन्, उनी राज्यले सहज निती नियम बनाएर यातायात क्षेत्रलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्छिन् ।


क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्